• रातोकलम अनलाइन
    २०-जनवरी
    क्वालालम्पुर।

    मलेसियाको राजधानी क्वालालम्पुर सहरको केपोङ्ग स्थित शनिबार बेलुकी एउटै कम्पनी मा कार्यरत म्यानमार र नेपाली बिच विवाद हुदा एक नेपालिको ज्यान गएको छ।र अर्का नेपालिको अवस्था गम्भीर रहेको छ।भने छुरा प्रहार गर्ने ब्यक्ति हाल फरार रहेको श्रोतले जानकारी दिएको छ।

    एउटै कम्पनिमा कार्यरत म्यानमार(बर्मा)मुलुकका नागरिक र नेपालिले सनिबार बेलुकी आफ्नै कोठामा संगै बसेर मदिरा पिएका थिए। अचानक दुई बिचमा बिबाद बढे पछी आवेशमा आफ्नै सहकर्मी नेपाली माथी छुरा प्रहार गरेको प्रतक्ष्यदर्शीहरुको भनाइ छ।

    मृत्यु हुनेमा ललितपुर जिल्ला कोन्चेसोम गाउपालिका वडा नम्बर ३ को इन्द्र तामाङ हुन। उनी सोही अपार्टमेन्ट मा सुरक्षागार्ड मा कार्यरत थिए।नेपाली र म्यानमार नागरिक बिच झगडा भएपछि भएपछि उनी त्यहाँ तत्काल पुगेको थिए ।

    उनिहरु लाई छुट्याउनु खोज्दा छुरा प्रहार बाट उनको घटनास्थलमै नै मृत्यु भएको हो।
    अर्को घाइते हुनेमा झापा निबासी लाल बहादुर लिम्बू हुन,उनलाई राती नै तत्काल अस्पताल भर्ना गरिएको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…