• कुमार खड्का माघ ६,पथरी
    सम्माननिय राष्ट्रपनि विध्यादेवि भण्डारी आगामी माघ २५ गते कानेपोखरी आउने भएकी छन् ।
    मोरङको कानेपोखरी–६, स्थीत रमाइलोमा स्थापीत जनसेवा माध्यामिक विद्यालयले विध्यालय स्थापनाको ५० औ वर्ष गाठको उपलक्ष्यमा मनाउन लागेको स्वर्ण महोत्सवमा सहभागि हुन राष्ट्रपति भण्डारी कानेपोखरी आउन लागेको आज आयोजित पत्रकार सम्मेलनमा स्वर्ण महोत्वसव आयोजक समितिले जानकारी दिएको छ ।
    सात दिन सम्म हुने स्वर्ण महोत्सवकोे माघ १९ गते उद्घाटन हुने र माघ २५ गते सम्माननिय राष्ट्रपति विध्यादेवि भण्डारीको उपस्थीतिमा समापन हुने आज विध्यालय परिसरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।
    माघ १९ गते हुने उद्घाटन कार्यक्रममा सास्कृतिक प्रस्तुति,प्रभात फेरी र खुला म्याराथुन दौड त्यसै गरि २० –२३ गते सम्म विध्यालय सरसफाई र मञ्च व्यावस्थापन,२४ गते पूर्व विध्यार्थीहरुको पुर्नमिलन र २५ गते विहान ११ वजे सम्माननिय राष्ट्रपतिको उपस्थीतिमा स्वर्ण महोत्सवको मुल समारोह समापन गरिने कार्यक्रम संयोजक खेम पौडेलले बताए ।
    विद्यालयले सोहि दिन स्वर्ण स्तम्भको पनि उद्घाटन गर्ने तयारी गरेको छ । निर्माण कार्य पुरा हुँदा जम्मा ४ लाख रकम लाग्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अम्बिका अर्याल ले बताए ।
    त्यसमा लाग्ने ३ फुट अग्लो सरस्वतीको प्रतिमा १ लाख बराबरको र स्मारकको लोगो ४० हजार रुपैयाको २०४३ सालको एसएलसी व्याजका ग्रुपले दिने निर्णय भएको बताइएको छ ।
    सो स्वर्ण महोत्सवको लागी मोरङको कानेपोखरी –६, रमाइलोमा स्थापीत जनसेवा माविका पूर्व विद्यार्थीहरुबाट विद्यालयमा सहयोग जुट्ने क्रम जारी छ । स्वर्ण महोत्सव भव्य र सफल बनाउन पूर्व विद्यार्थी मात्र होइनन् पूर्व प्रधानध्यापक देखि लिएर पूर्व महान्यायधिवक्ताले समेत आर्थिक सहयोग गर्दै स्वर्ण महोत्सवमा लागी परेका छन् ।
    विद्यालयलाई आर्थिक सहयोग गर्ने क्रममा विद्यालयका पूर्व विद्यार्थी तथा पूर्व महान्यायधिवक्ता हाल काठ्माडौँ बस्दै आएका हरि फुयलले आफ्ना स्र्वर्गीय बुबाको स्मृतीमा १ लाख सहयोग गरेका छन् । त्यसैगरी विद्यालयका पूर्व प्रधानध्यापक हाल काठ्माडौ बस्दै आएका तुलाराम गुरुङले रु ५० हजार विद्यालयलाई सहयोग गरेका छन् ।
    त्यसैगरी २०४३ सालको एसएलसी व्याजका ग्रुपले कलाकार विक्रम श्रीको नेतृत्वमा स्वर्ण स्मारकको लोगोको लागी ४० हजार र १ लाख बराबरको सरस्वतीको मुर्ति बनाएर दिने भएका छन् । लोगो र सरस्वतीको मुर्तिको लागी तयारी हुदैँ गरेको इटहरीमा बस्दै आएका कलाकार बिक्रम श्रीले बताए । त्यसैगरी ०३९ सालका पूर्व विद्यार्थी सुरेश कार्कीले १ लाख दिने भएका छन् ।
    त्यसैगरी पूर्वविद्यार्थी मितेरी बैंक धरानका सिईओ तुलसी वस्तीले १ लाख बराबरको विद्यालयलाई कम्प्युटर दिने घोषना गरेका छन् । २०६१ सालको एसएलसी व्याजका विद्यार्थीहरुले विद्यालयमा मल्टिमिडिया कक्षाको लागी रु १ लाख दिने भएको छ । त्यसैगरी २०३९ सालको व्याजका पूर्व विद्यार्थी पुन्य प्रसाद बरालले विद्यालयको भौतिक निर्माणका लागी १ लाख ११ हजार १ सय ११ रुपैया दिने भएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…