• देबु बानियाँ
    बाहुनडाँगी । नेपाल जेसीजको वर्ष २०१९ का लागि नव निर्वाचित राष्ट्रिय अध्यक्ष सिनेटर महेश पौडेललाई म्याग्दी र बाग्लुङ जेसीजमा भव्य स्वागत र सम्मान गरिएको छ । ४५ औँ राष्ट्रिय महाधिवेशनबाट नेपाल जेसीजको नेतृत्व सम्हाल्ने जिम्मेवारी पाउनु भएका पौडेललाई शनिवार बाग्लुङ र म्याग्दीमा स्वागत तथा सम्मान गरिएको हो । पौडेल बागलुङ जेसीजका पूर्व अध्यक्ष सुदिप राजभण्डारीसँग निर्वाचनमा विजेता बन्नु भएका थिए । पौडेललाई बागलुङमा स्वागत गर्न उनै प्रतिस्पर्धीका उम्मेद्वार राजभण्डारीको विषेश निम्तो थियो । ‘चुनावको समयमा मात्र प्रतिस्पर्धी हो’ राजभण्डारीले भन्नुभयो–‘महेश जी मेरो मित्र मात्र नभएर अहिले मेरो राष्ट्रिय अध्यक्ष समेत हुन् । चुनावी प्रतिस्पर्धालाई प्रतिसोधमा होइन भाइचाराको मित्रतामा बद्ल्ने संस्कार जेसीजमा छ । त्यो संस्कारको विकास गर्न र भावी पुस्तालाई संस्कार सिकाउन पनि विशेष निम्तो थियो महेशजीलाई ।’
    उनले वर्षभरी महेशजीसँगै सँगसँगै रहेर नेपाल जेसीजका अभियानहरुलाई सफल पार्ने बताउँदै आउँदा वर्षहरुमा पनि यसको निरन्तरता लिएर जानु पर्ने बताए । राष्ट्रिय अध्यक्ष पौडेललाई बागलुङ जेसीजको तर्फबाट सम्मान गरिएको थियो । उहाँलाई शाखा अध्यक्ष लालकुमार बस्नेत (अम्बिका) तथा शाखाका पदाधीकारीहरुले सम्मान र मायाको चिनो प्रदान गरेका थिए ।

    यसैगरी म्याग्दी जेसीजले समेत शनिबार एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय अध्यक्ष पौडेलको स्वागत तथा सम्मान गरेको हो । म्याग्दी जेसीज वर्ष २०१८ का शाखा अध्यक्ष कमल विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै राष्ट्रिय अध्यक्ष पौडेलले म्याग्दी शालिनता, सहनशिलता, मित्रताको खानी भएको बताउनु भयो । म्याग्दी जेसीजले राष्ट्रिय रुपमा समेत आफ्नो नेतृत्व प्रदान गरेर क्षमता देखाईसकेको बताउनु भयो । अध्यक्ष पौडेलले जेसीजलाई समय अनुसार परिवर्तन गर्दै लैजानु पर्ने बताउनु भयो । उनले भने “हामी जेसीजहरुले समय अनुसार आफुलाई परिवर्तन गर्दै लैजानु पर्छ । हिजो हामीले गरेका नयाँ नयाँ कुराहरु अन्य संघ संस्थाले अनुसरण गर्दै आए, अब पनि हामी फेरी नयाँ नयाँ कुराको सिर्जना गर्नुपर्छ ।” त्यस्तै नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष धनञ्जयकुमार श्रेष्ठले देश नयाँ युगमा प्रवेश गरीसकेकाले हामी पनि नयाँ युग अनुसार चल्नु पर्नेमा जोड दिनु भयो । उनले भने “ जब सम्म हामी युवाहरु नयाँ युगमा प्रवेश गर्दैनौ, राष्ट्र नयाँ युगमा प्रवेश गरेर मात्र हुँदैन” ।

    कार्यक्रममा गोरखा जेसीज वर्ष २०१८ का अध्यक्ष उमेश गुरुङले समेत बोलेका थिए । विभिन्न शाखाबाट आएका वर्ष २०१८ र १९ का अध्यक्षहरु, म्याग्दी जेसीजका पूर्व अध्यक्षहरु, पदाधिकारी तथा साधारण सदस्यहरुको उपस्थिति रहेको कार्यक्रम वर्ष २०१९ का नव निर्वा्चित अध्यक्ष खम थापा मगरको स्वागत तथा वर्ष २०१९ का महासचिव सन्दीप खत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । शाखा अध्यक्ष कमल विश्वकर्माले राष्ट्रिय अध्यक्ष लगायत विभिन्न शाखाबाट आएका अतिथिहरुलाई स्वागत तथा मायाको चिनो प्रदान गर्नु भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…