• बाहुनडाँगी । गैडाँकोट जेसीजको १२ औँ पदहस्तान्तरण कार्यक्रम शनिवार सम्पन्न भएको छ । शाखा अध्यक्ष गोकुल सापकोटाको सभापतित्व तथा गण्डकी प्रदेश सांसद कृष्णचन्द्र नेपालीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि नेपाल जेसीजका निवर्तमान अध्यक्ष सिनेटर श्रीधर बस्याल, गैैडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेल, उपप्रमुख विष्णुकुमारी कटेल सापकोटा, नेपाल जेसीज वर्ष २०१९ का कार्यकारीणी उपाध्यक्ष श्यामसुन्दर पौडेल, राष्ट्रिय उपाध्यक्ष अर्जुन अधिकारी, शाखाका संस्थापक अध्यक्ष बद्री सापकोटा, पूर्व अध्यक्ष प्रमेश आचार्य, नेपाल जेसीजका पूर्व उपाध्यक्ष सुदिपसिंह अधिकारीलगायतले बोलेका थिए । सोही समारोहमा विभिन्न विधामा उत्कृष्ट हुने १२ जनालाई सम्मान गरिएको थियो ।
    पद हस्तान्तरण कार्यक्रममा वर्ष २०१८ का अध्यक्ष गोकुल सापकोटाले वर्ष २०१९ का अध्यक्ष भानुभक्त रिमाललाई आफ्नो गलामा भएको चेन हस्तान्तरण गर्दे सपथ ग्रहण गराएका थिए । साथै नवनिर्वाचित अध्यक्ष रिमालले विभिन्न पदमा मनोनित गरी सामुहिक सपथ ग्रहण गराएका थिए ।






सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…