• काठमाडौं । मुलुकको केन्द्रीय बैंकले नेपालभरि भारतीय रुपैयाँ ९भारु० १ सयभन्दा माथि दरका सबै नोट कारोबारमा प्रतिबन्ध लगाएको छ ।

    नेपाल राष्ट्र बैंकले आइतबार ‘एकीकृत परिपत्र–२०७४’ संशोधन गरी भारु १ सय दरभन्दा माथिका सबै नोट कारोबार, ओसारपसार तथा साथमा राख्न प्रतिबन्ध लगाएको हो । नयाँ संशोधनअनुसार भारु १ सयभन्दा कम दरका नोट तथा मुद्रा प्रचलित व्यवस्था बमोजिम ल्याउन, लैजान तथा सटही गर्न भने पाइने छ ।

    “अब नेपाली नागरिकले भारु भारतबाहेक अन्य मुलुकमा लैजान वा अन्य मुलुकबाट नेपाल ल्याउन पाउने छैनन्,” राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले हस्ताक्षर गरेको परिपत्रमा उल्लेख छ, “भारत सरकार तथा भारतीय रिजर्भ बैंक ९आरबीआई० ले सन् २०१६ नोभेम्बर ९ सम्म चलचचल्तीमा रहेका भारु ५ सय र १ हजार दरका नोट चलनचल्तीबाट हटाएको हुँदा त्यस्ता भारु नोटको कारोबार गर्न र हाल चलनचल्तीमा रहेका नयाँ भारु २ सय, ५ सय र २ हजार दरका नोट साथमा राख्न, ओसारपसार गनै र कारोबार गर्न पाइने छैन ।”

    राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजत प्राप्त ‘क’ र ‘ख’ वर्गका बैंक तथा वित्तीय संस्था एवं अन्य इजाजत प्राप्त संस्थाका लागि भारु कारोबारबारे नयाँ परिपत्र जारी गरेको हो ।

    राष्ट्र बैंकले आइतबार भारुबारे संशोधित परिपत्र जारी गरे पनि करिब दुई साताअघि १ सय दरभन्दा माथिका भारु नोट चलनचल्तीमा ल्याउने स्वीकृति प्रदान गर्न आरबीआईलाई पत्राचार गरेको थियो तर, हालसम्म भारतले यसबारे आधिकारिक जवाफ दिएको भने छैन ।

    भारतले सन् २०१६ नोभेम्बर ९ यता पुराना ५ सय र १ हजार दरका भारु कारोबारमा प्रतिबन्ध लगाएको थियो । यसका करण नेपालमा ठूलो परिमाणमा रहेका उक्त दरका भारु सटही गर्न समस्या हुँदै आएको छ । नेपालले त्यही बेलादेखि ती नोट सटही सुविधा दिन आग्रह गर्दै आए पनि भारतले आलटाल गरिरहेको छ । त्यसपछि लामो छलफलपछि भारतले नेपालमा ५ सय र १ हजार दरका भारु नोट कारोबार गर्न अनुमति दिएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…