• पथरी : उर्लावारीका पत्रकार तेजन खडका माथी हातपात गरेको आरोपमा उर्लाबारी नगरपालिका वडा नम्बर ९ का अध्यक्षका छोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    उर्लाबारी ९ का अध्यक्ष बमबहादुर फ्याकका छोरा कमल फ्याकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मादक पर्दाथ सेवन गरेर खडकाको घर पुगेका फ्याकले पत्रकार खडका माथी आक्रमणको प्रयास गरेको थिए । खडका माथी आक्रमण गरेपछि छेक्न खोज्दा फ्याकले खड्काकी आमलाई समेत कुटपिट गरेको पिडीतले वताए । अनुदानको मकैको बीउ पैसा लिएर बिक्रि गरेको भन्ने समाचारको विषयलाई लिएर आक्रोशित भएको फ्याक परिवार कुटपिटमै उत्रिएको हो। यसै विच खडका माथी भएको कुटपिट घटनाका वारेमा वुझन नेपाल पत्रकार महासंघ मोरङ्ग र प्रेस युनियन मोरङ्गको टोली स्थलगत भ्रमणका क्रममा उर्लावारी आएको छ । घटनाका वारेमा थप जानकारी लिन उर्लावारी आएको युनियन मोरङ्ग अध्यक्ष कुमार लुइटेलले जानकारी दिए ।

    घटनाका वारेमा नेपाल पत्रकार महासंघ मोरङ्गले विज्ञप्ती प्रकाशित गर्दै घटनाको निन्दा गरेको छ । महासंघ मोरङ्गका अध्यक्ष वन्धु पोख्रेल र सचिव अर्जुन आचार्यद्धारा हस्ताक्षरीत विज्ञाप्तीमा घटनाका दोषी माथी कारवाहिको माग समेत गरिएको छ ।घटना प्रति भर्सना गर्दै रातोकलमका प्रबन्धक मौषम लिम्बूले दोसीलाई कारवाहिको माग गरेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…