• बाहुनडाँगी, ६ माघ । शुक्लागण्डकी जेसीजको १७ औँ पदहस्तान्तरण कार्यक्रम आइतवार सम्पन्न भएको छ ।
    शाखा अध्यक्ष दुर्गा सिग्देलको सभापतित्व तथा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर महेश पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वर्ष २०१८ का अध्यक्ष सिग्देलले वर्ष २०१९ का अध्यक्ष मनिष श्रेष्ठलाई चेन हस्तान्तरण गरेका थिए । साथै नव निर्वाचित अध्यक्ष श्रेष्ठले महासचिवमा शिवबहादुर बिक, कोषाध्यक्षमा ईश्वर श्रेष्ठ, कानुनी सल्लाहकारमा छेत्रबहादुर थापा क्षेत्रीलाई मनोनित गरेका थिए । यस अघि भएको निर्वाचनबाट कार्यकारीणी उपाध्यक्ष कृष्णबहादुर श्रेष्ठ र रमेश भुजेल, उपाध्यक्षहरुमा दीर्घ विक, सन्तोष श्रेष्ठ, आशिष श्रेष्ठ र राजन श्रेष्ठ सर्वसम्वत वर्ष २०१९ का लागि चयन भएका थिए ।
    पदहस्तान्तरण कार्यक्रममा विशेष अतिथि शुक्लागण्डकी नागरिक समाजका अध्यक्ष खेमराज खनाल, नेपाल जेसीजका राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष श्यामसुन्दर पौडेल, शुक्लागण्डकी जेसीजका पूर्व अध्यक्ष एवम् नेपाल जेसीज वर्ष २०१९ का कोषाध्यक्ष सुजन श्रेष्ठ, राष्ट्रिय उपाध्यक्ष गोकुल सापकोटा, छिमेकी शाखा पोखरा जेसीजका अध्यक्ष शिव सुवेदी र २०१९ का अध्यक्ष सन्तोष शाही, पोखरा लेडीका अध्यक्ष सन्तु पौडेल, २०१९ की अध्यक्ष सपना गिरी, मातृ शाखा लेखनाथ जेसीजका अध्यक्ष शालिकराम ओझा, वर्ष २०१९ का अध्यक्ष रोशन पौडेल, गोर्खा जेसीजका वर्ष २०१८ का अध्यक्ष उमेश गुरुङ, व्यासनगर जेसीजका अध्यक्ष पविन्द्र भट्टराई, २०१९ का अध्यक्ष रमेश गिरी, लमजुङ जेसीज २०१९ का अध्यक्ष पायल शर्मा, गैँडाकोट जेसीज वर्ष २०१९ का अध्यक्ष भानुभक्त रिमाल, ब्रमहकुमारी इश्वरीय विश्व विद्यालयकी रश्मि खड्कालगायतको उल्लेखिय सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन शिव रेग्मीले गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…