• बाहुनडाँगी । लेटाङ जेसीज वर्ष २०१९ को अध्यक्षमा हिमालय श्रेष्ठ सर्वसम्वत निर्वाचित भएका छन् । शाखाको १६ औँ साधारणसभा तथा अधिवेशनले श्रेष्ठलाई वर्ष २०१९ का लागि अध्यक्षमा चयन गरेको हो ।
    शाखाको कार्यकारीणी उपाध्यक्षमा सुदेश वस्ती र आशिस ढकाल, उपाध्यक्षहरुमा मञ्जु खतिवडा, सविना साही ठकुरी, योगराज दाहाल, प्रलाद खडका, सचिवमा मनिषा भण्डारी चयन भएका निर्वाचन आयुक्त ढकबहादुर श्रेष्ठले बताए ।
    शाखाका अध्यक्ष मनिष सूर्य मगरको सभापतित्व तथा वडा लेटाङ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष सन्तोेष कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा शाखाका संस्थापक अध्यक्ष ओमप्रकास श्रेष्ठ, पूर्व अध्यक्षहरू देवराज चाम्लिङ, शम्भु राना मगर, उत्तम श्रेष्ठ, सुरेश शर्मा अधिकारी, सविन अधिकारी, हिक्मत खड्का, उर्मिला श्रेष्ठ खड्का, देवेन्द्र श्रेष्ठ, पथरी जेसीजका वर्ष २०१९ का अध्यक्ष मान दियाली र प्रस्तावित रमाइलो जेसीजका अध्यक्ष हेमप्रसाद तिम्सिना, एलएम चेनललगायतको सहभागिता रहेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…