• माघ ७, काठमाडौं । सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संशोधनबिनै पारित गर्ने तयारी गरेको छ । अनशनरत डा. गोविन्द केसीको मागविपरीत संसद्को सोमबार बस्ने बैठकमा विधेयक लैजान लागिएको हो । विधेयक संसद्को शिक्षा तथा स्वास्थ्य समितिबाट बहुमतले पारित भइसकेको छ ।

    १५औं सत्याग्रहका क्रममा गत साउन १० गते सरकारले डा। केसीसँग सम्झौता गरेको थियो । विधेयकमा निश्चित संशोधनसहित पारित गर्ने, उपत्यकाबाहिर विभिन्न स्थानमा सरकारी मेडिकल कलेज खोल्नेलगायत बुँदामा सम्झौता भएको थियो । राजधानीमा आइतबार आयोजित एक कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा। सुरेन्द्र यादवले विधेयकमा डा। केसीका माग करिब सबै समेटिएको दाबी गरे ।

    ‘सरकारको विरोध गर्नेले मात्र डा. केसीको माग पूरा नभएको आरोप लगाउँदै मुद्दा बनाएका छन्’, उनले भने । डा। केसीका ९९ प्रतिशत माग पूरा भएको नेकपाका नेता एवं पूर्व स्वास्थ्यमन्त्री वंशीधर मि श्रले बताए । ‘दीपावली मनाउनुपर्ने बेला अनशन बस्नुभएको छ’, उनले भने ।

    वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले डा। केसीको अनशन आम नागरिकको पक्षमा रहेको बताए । ‘डा। केसीसँग गरिएको सम्झौताको पालना गर्नुपर्छ । अबको समाधान सरकार लचिलो बन्नु नै हो’, उनले भने । डाक्टर केसीका सहयोगी डा। अभिषेकप्रताप सिंहले प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिप्रति आफूहरूलाई दुःख लागेको बताए । ‘सरकारले अहिले इगो देखाइरहेको छ । डाक्टर केसी तीन करोड नेपालीको हित र पक्षमा सत्याग्रहमा हुनुहुन्छ । तर सरकारले आफै गरेको सम्झौता पालना गरेन । समस्या राज्यबाट नै सिर्जना भएको छ । अब समाधान पनि उहाँहरूबाटै हुनुपर्छ’, उनले भने । डा। केसीको अनशनको विषयमा सरकार केन्द्रित नभएको र माग पूरा नहुँदासम्म शान्तिपूर्ण ढंगले आवाज बुलन्द गर्ने डा। सिंहले बताए ।

    डा. केसीलाई वार्डमा सारियो

    १२ दिनदेखि अनशनरत डा। केसीलाई शिक्षण अस्पतालको आईसीयूबाट वार्डमा सारिएको छ । आईसीयूमा बस्दा सर्वसाधारण उपचार पाउनबाट वञ्चित हुने अवस्था आउने भन्दै उनले वार्डमा सार्न आग्रह गरेका थिए । उनको स्वास्थ्य अवस्था चिन्ताजनक भने नरहेको उपचारमा संलग्न एक चिकित्सकले बताए । इलामबाट सोह्रौं अनशन थालेका केसी तीन दिनसम्म आईसीयूमा बसेका थिए ।

    अस्पतालका वार्डमा सारेलगत्तै डा। केसीले सरकारले गरेको सम्झौता अक्षरशः पालना नभएसम्म अनशन जारी राख्ने अडान दोहो¥याएका छन् । ‘माग कार्यान्वयन नभएसम्म सत्याग्रह जारी रहन्छ’, उनले भने । समाचार अन्नपूर्ण पोष्टमा छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…