• रातोकलम अनलाइन 

    क्वालालम्पुर, जनुवारी-२१ 

    प्रबाशी थारु सेवा समाज मलेशिया क्षेत्रीय समिती पेनाङको मुख्य आयोजना तथा केन्द्रिय समिती र थारु समाज क्षेत्रीय समिती जोहोरको सह-आयोजनामा थारु (माघ) माघी कार्यक्रम २० जनुवारी २०१९ आईतबार पेनाङमा भब्य रुपमा  सम्पन्न भएको छ। थारु समुदायको कलासंस्कृति,रितिरिवाज र पहिचानलाई देशमा मात्र नभइ बिदेशमा रहेर अथवा विश्वको जुनसुकै कुनामा  बसेपनि यसको प्रबर्धन,सम्बर्द्धन र संरक्षण गर्न सकिन्छ भन्ने सन्देश विश्वसामु छर्न माघी कार्यक्रमको आयोजना गरेको थारु समाज क्षेत्रीय समिती पेनाङका  अध्यक्ष तथा कार्यक्रमको सभापति परशुराम चौधरी थारु (प्रेम)ले बताए । कार्यक्रममा उपस्थित सम्पुर्णलाई थारु समुदायले नयाँ बर्षको रुपमा मनाउने २६४२ औं माघ (माघी)को सुखद उपलक्ष्यमा सभापति चौधरीले शुभकामना सन्देश दिदै अहिले जुन किसिम बाट थारुहरु लाई नेपालमा चारैतिरबाट उत्पीडन र थिचोमिचो गरिरहेको छ!राज्यले आदिवासी थारु समुदाय माथी सौताको ब्यावहार गरिरहेको छ!यो हामी कदापि सहन सक्दैनौं यदि राज्यले थारु समुदायमाथी अत्याचार दमन गर्न छोडेन भने नेपाल लगायत विभिन्न देशमा बस्ने थारुहरु एक भइ आन्दोलनको बिगुल फुक्ने चेतावनी दिदै सरकारको ध्यानाकर्षण गराएका छन! सो समारोहका प्रमुख अतिथि समाजका केन्द्रिय अध्यक्ष मनिराम थारुले माघको शुभकामना सन्देश दिदै केही समय अगाडि नेपाल् सरकारले आदिवासी जनजातीहरुको चाडपर्वमा दिइने बिदा कटौती बारे खुलेर बिरोध गरेका छन् !बिगतमा दिईदै आएको बिदा कटौती गरेर सरकारले गम्भीर गलती गरेको आरोप लाए! समग्र आदिवासी जानजाति र अन्य चाडपर्वहरुमा बिदाको हैसियत समान रुपमा दिइनु पर्ने धाराणा  राख्दै यो संदेश सरकारको कान सम्म पुर्याउन कलमको माध्यमबाट सहयोग गर्न उपस्थित पत्रकारहरुलाई आग्रह गरेका थिए! कार्यक्रमको मुख्य आकर्षणमा थारु खाना परिकार र थारु नृत्य ,लठ्ठी नाच रहेको थियो।  थारु समाजको क्षेत्रीय महासचिव मनिस चौधरीले सञ्चालन गरेको उक्त कार्यक्रमको प्रमुख अतिथीमा केन्द्रिय अध्यक्ष मनिराम थारु रहेका थिए भने,अतिथीहरुमा समाजकि केन्द्रिय महिला उपाध्यक्ष सरिता चौधरी,कोषाध्यक्ष बिरेन्द्र चौधरी ,वरिष्ठ-सल्लाहकार रमेश चौधरी,मगरसंघ पेनाङको अध्यक्ष युवराज मगर,किरात राई यायोक्खाबाट केवाल कुलुङ्ग,तामाङ समाजबाट रामकाजी तामाङ ,राष्ट्रवादी बिकाश अभियान नेपालकोप्रतिनिधि देबेन्द्र लिम्बू,जनउद्धारको प्रतिनिधि शेर बहादुर क्ष्रेष्ठ,दलित एकता सेवा समाजको प्रतिनिधि राधा लुहार लगायत पत्रकार,नेपाली ब्यवसायिहरु,थारु समुदायको युवा,युवतीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…