• धुलावारी । भारतमा सम्पन्न तेस्रो साउथ एशियन कराते डोजो च्याम्पियनसिपमा झापा धुलावारीकी सुस्मिता मुखिया मुखियाले स्वर्ण पदक जितेकी छिन् ।
    जनवरी १९ र २० मा भएको एशियन प्रतियोगितामा हिमालयन इङलिस एकाडेमी धुलावारी कक्षा ९ मा अध्ययनरत मुखियखले ४५ केजी तौल समूहमा स्वर्ण पदक जितेकी हुन् । प्रतियोगितामा नेपालसहित भारत, भुटान, बंगलादेश र श्रीलङ्काबिच प्रतिस्पर्धा भएको थियो । मुखियाले ६ वटा देशलाई जित्दै स्वर्ण पदक जितेकी हुन् ।
    स्वर्ण पदक विजेता मुखियालाई सोमवार विद्यालयमा सम्मानसहित धुलावारी बजार परिक्रममा गरिएको थियो । उनलाई हिम्मत हिमालयन एकाडेमीका निर्देशक हिम्मत क्षेत्री, प्रिन्सिपल मोहन भट्टराई, झापा जिल्ला करातेका अध्यक्ष मिलन पसाई, धुलावारीका कराते प्रशिक्षक हरि बस्नेतलगायतले अबिर मालासहित सम्मान गरेका थिए । सम्मानपछि विद्यालयका विद्यार्थीहरुसहित धुलावारी बजार परिक्रममा गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…