•  

    दीप खादी लिम्बु
    क्वालालम्पुर,
    जनुवारी-२१

    नेपाल आदिवाशी जनजाती महासंघ रास्ट्रीय समन्वय समिति मलेशियाको चौथो अधिबेशन यहि जनुवारी २७ तारिक क्वालालम्पुरको फाइभ एलिमेंट होटेलमा हुने भएको छ!यस अघिको पुरानो कार्यसमिति जनुवारी-६ तारिक केन्द्रीय समितिको बैठकले बिघटन गरेर कार्यबाहक अध्यक्ष्य राम तामांग (पुर्बेली ठुले)को संयोजगत्वमा २१ सदस्यीय माहाधिबेशन आयोजक समिति गठन गरेको थियो!

    तेस्रो अधिबेशन बाट निर्बाचित अध्यक्ष्य मिंग्मा शेर्पाको असमायिक निदन पश्चात समितिको दोस्रो अधक्ष्यमा फुपु तेम्बा शेर्पा लाइ बारियाताको क्रमले अधक्ष्यमा चयन गरेको थियो! दोस्रो नेतृत्वको कार्यकाल पूर्ण नभई मानब ठगीको आरोप लागेपछी समितिको सचिवालय बैठकले तत्कालिन अध्यक्ष्य शेर्पा लाइ निलम्बन गरेको थियो!

    तत्पश्चात महासंघको सचिवालय समितिको बैठकले पूर्व उपाध्यक्ष राम तामांग लाइ कार्यबहाक अधक्ष्यमा चयन गरेको हो!कार्यबहाक अध्यक्ष्यको पनि मलेशिया बसाइको अवधि समाप्त भएको र तत्काल स्वदेश फर्किनु पर्ने भएको कारण तेस्रो अधिबेशनको मिति सक्न अगावै महाधिबेशन गर्न लागिएको बताए!

    प्रबाशमै रहेर पनि आफ्नो जाति,भाषा,मौलिक सस्कृति,पहिचान को संरक्षण र समुदायको हित सम्बन्धि आवाज बुलन्द गर्दै आइरहेको महासघले मलेसियाको हकमा सामाजिक सर सहयोगको मामिलामा पनि अग्र स्थानमै छ!भने संघले मलेशिया भरी छरिएर रहेका आदिवाशी जनजातीहरु लाइ एकीकृत भइ आफ्नो समुदायको हक र अधिकारको सवालमा जुट्न समेत आब्हान गरेको छ!

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…