• बाहुनडाँगी । हेटौंडा लेडि जेसीजको २१ औं पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम आइतबार भएको छ । कार्यक्रम लेडि जेसीज वर्ष २०१८ की अध्यक्ष अस्मिता श्रेष्ठको सभाध्यक्षता तथा ३ नम्बर प्रदेश सभा सदस्य जुनेली श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो । लेडी जेसीजकी संस्थापक निरा गोर्खालीको विशेष आतिथ्यता रहेको कार्यक्रममा वर्ष २०१९ का लागि निर्वाचित अध्यक्ष सुष्मा लटौला खरेल नेतृत्वको नया“ समिति पदस्थापित भएको छ ।

    हेटौंडा लेडी जेसीजको वर्ष २०१९ का लागि कार्यकारिणी उपाध्यक्षमा सुशीला पौडेल र प्रतिमा श्रेष्ठ, उपाध्यक्षमा श्रृष्टि गोर्खाली, देवी लामा, जुनु उप्रेती अर्याल र सुमित्रा श्रेष्ठ निर्वाचित हुनुभएको थियो । नवनिर्वाचित अध्यक्ष लटौलाले महासचिवमा जोशना भण्डारी, कोषाध्यक्षमा अञ्जना श्रेष्ठ र कानुनी सल्लाहकारमा निशा रोक्कालाई मनोनित गरेको छ । वर्ष २०१८ की अध्यक्ष अस्मिता श्रेष्ठले आफ्नो कार्यकालमा सहयोगी तथा कार्यक्रमका अतिथिहरुलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।
    यस्तै समृद्ध समाज दैनिक तथा रेडियो निकासकी संवाददाता प्रिया पौडेल र मानवसेवा आश्रमकी अभियन्ता रुपा केसीलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । महिलाको क्षेत्रमा समाचार प्रकाशन प्रशारण गरेको भन्दै समृद्ध समाज दैनिक तथा रेडियो निकासकी संवाददाता प्रिया पौडेल सम्मान गरिएको हो । महिलाको क्षेत्रमा कलम चलाए बापत लेडि जेसीजले पौडेललाई दोसल्ला ओढाएर सम्मान पत्र सहित सम्मान गरेको हो । यस्तै, हेटौंडा लेडी जेसीजले मानव सेवा आश्रममा सेवा गरिरहुन भएको रुपा केसीलाई पनि सम्मान गरेको छ । मानव सेवामा उदाहरणीय काम गर्नुभएको भन्दै आगामी दिनको शुभकामना सहित मानव सेवा आश्रम चितवन शाखाकी प्रमुख केसीलाई सम्मान गरेको हो ।

    नेपाल जेसीजका पूर्वअध्यक्ष राजेश मोहन प्रधान, नेपाल जेसीजका उपाध्यक्ष हरिकुमार शर्मालगायत विभिन्न शाखाका अध्यक्ष, लेडी जेसीजका पूर्वअध्यक्षहरु, हेटौंडा जेसीजका अध्यक्ष सन्देश डीसी, हेटौंडा उपमहानगरपालिका १ नम्बर वडा अध्यक्ष सविन न्यौपाने, ४ नम्बर वडा अध्यक्ष नविन सिग्देलको पनि उपस्थिति रहेको थियो ।



















































सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…