• काठमाडौं । पछिल्लो समय पूर्व राजावादीको चलखेल बढीरहेको बेला पूर्व राजा ज्ञानेन्द्र शाह मध्य र पूर्वी नेपालमा रहेका राजावादीलाई भेट्न सिमरा र झापा जानुहुने भएको छ । करिब एक महिना लामो बसाई गर्न सिमरा र झापाको दमक जान लाग्नुभएको हो ।

    माघ १३ गते पूर्वरानी कोमल, निजी सचिव सागर तिमल्सिना र निजी सुरक्षा गार्ड शसस्त्रका डिएसपी शिव राउत सहित पूर्व राजा ज्ञानेन्द्र सिमरा जाने कार्यक्रम तय भएको छ । सिमरा स्थित प्रभु शमसेर राणाको निवासमा बस्ने कार्यक्रम रहेको छ । उहा सिमराबाट पूर्वी तराईको भ्रमण गर्नुहुने भएको छ ।

    पुर्व राजाको सुरक्षा सहितको सवारी साधान माघ ११ गते सिमरा पुग्ने भएको छ । निजी सवारी चालक सुदन थापा र सुरक्षाकर्मी सहितको टोलीले ज्ञानेन्द्रको भ्रमणको सम्पुर्ण सुरक्षा व्यवस्थाको प्रवन्ध गर्ने भएको छ । पूर्व राजाको साथमा निजी सहयोगी भान्छे समेत सिमरा पुग्ने भएका छन । करिब दुई साता सिमरा बसाई पछि ज्ञानेन्द्र परिवार सडक मार्गबाट दमक जाने कार्यक्रम तय भएको छ ।

    दमक पुग्नु अघि तराईका विभिन्न जिल्लाका स्थानीयले स्वागत कार्यक्रम आयोजना गर्ने योजना बनाएका छन् । अहिले सम्म यही २० गते दमक जाने कार्यक्रम तय भएको छ–स्रोतले भन्यो । सिमरा बसाइका क्रममा उहाले आफु निकट तीनवटै राप्रपाका नेतासंग भेट गर्ने कार्यक्रम रहेको छ । अहिले को–को संग भेट गर्ने भन्ने टुंगो लागेको छैन स्रोतले भन्यो –तर सिमरामा उच्च तहका राजनीतिक नेतासंग भेट्ने गरी योजना तय भएको छ ।

    दमकमा पूर्वरानी कोमलको जन्मोत्सव मनाउने कार्यक्रम तय भएको छ । फागुन ७ गते कोमलको जन्मदिन हो । दमक रहदा आफ्नै स्वामित्वमा रहेको दमक स्थित हिमालय टि स्टेटमा बस्ने कार्यक्रम रहेको छ । मध्य तराई र पूर्वको एक महिना लामो भ्रमणको योजना बनाएका पूर्व ज्ञानेन्द्रले दमक बस्दा पूर्वाञ्चल र सिमरामा बस्दा तराईका राप्रपा र आफु निकटका नेतासंग भेट गर्ने कार्यक्रम रहेको छ । अघिल्लो वर्ष दमक पुगेका पूर्वराजाले तीनवटै राप्रपाका तेस्रो तहका नेतासंग भेट गरी सबै राप्रपा एकढिक्का भएर हिन्दुराज्यको पक्षमा लाग्न आग्रह गर्नुभएको थियो । लगत्तै ती नेताले राप्रपाभित्र एकता आवश्यक रहेको बताउदै पार्टी एकता गर्न लबिङ गरेका थिए ।

    गत पु्स २ गते पोखरा पुग्नुभएका ज्ञानेन्द्रले भेट गरेका अधिकांस नेताहरुले हिन्दु धर्म र राजतन्त्रलाईसंगै लैजानुपर्ने विषयमा बहस गरेका थिए । त्यहा अधिकांस नेताले ज्ञानेन्द्रलाई हिन्दुराज्य कायम गर्न सक्रिय हुन सुझाव दिएका थिए । लगत्तै योजनाबद्ध रुपमा मध्य तराई र पूर्वाञ्चलको भ्रमण तय गर्नुभएको हो ।

    पूर्व राजाका संवाद सचिव डा। फाणिराज पाठकले निजी भ्रमणको सिलसिलामा सिमरा र दमक जान लाग्नुभएको जानकारी दिनुभयो । पोखरा बसाईका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा , पूर्व मन्त्री लगायत केही राजावादीसंग भेट गर्नुभएको थियो । सो क्रममा राप्रपा नेपालका अध्यक्ष थापाले ज्ञानेन्दसंग भेटे लगत्तै फागुन ७ गतेबाट हिन्दु धर्मको पक्षमा आन्दोलन गर्ने घोषणा गर्नुभएको थियो । सो क्रममा ज्ञानेन्द्रले करिब ४ सय राजावादी, राप्रपा र मधेशवादी दलका नेतालाई भेट गरेका थिए ।
    पूर्वराजाले भेट गर्न चाहेका नेता र कार्यकर्ताको नाम उपलब्ध गराएपछि निजी सचिव तिमल्सिना र केही कर्मचारीले सम्बन्धित व्यक्तिलाई मोवाइल मार्फत जानकारी दिएर भेट गर्ने प्रचलन रहेको छ । समाचार नेपाल समाचार पत्रमा छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…