• उर्लाबारी/ उर्लाबारीका कृषकले अनुदान वापतको ३ सय २० रुपैँया मुल्य बराबरको मकैको बिउ लिन १ सय रुपैँया वडा कार्यालयलाई बुझाए पछि नगरपालीकाले छानबिन गर्ने भएको छ

    उर्लाबारी नगरपालीकाले वडा नं. ८ र ९ नं. वडाको लागि चालु आर्थिक वर्षमा प्रत्येक वडा ३ लाख आर्थिक विकास कार्यक्रम शिर्षकमा बिनीयोजन गरेको थियो । वडा कार्यालयले बिनीयोजन रकमसँगै ती वडाका २ हजार ५ सय ९० जना कृषकसँग उल्टै एक सय रुपैँया लिएर ३ सय २० रुपैँया मुल्य बराबरको एक केजी मकैको बिउ वितरण गरेको थियो ।

    यस विषयमा ८ नंं वडा अध्यक्ष कुलबहादुर कार्की र ९ नं. वडाका अध्यक्ष बमबहादुर लिम्बुले नगरपालिकाले बिनीयोजन गरेको ६ लाखले बिउ अपुग हुने भए पछि २०७५ मंसीरमा वडा स्तरिय बैठकले प्रति कृषक एक सय रुपैँया उठाउने निर्णय गरेको बताएका छन् ।

    अध्यक्षद्धयले नगरपालीकाका कृषी प्राविधिक लाक्पा भोटीयाको समन्वयमा दुई वडाका लागि २ हजार ३ सय ४० केजी मकैको बिउ खरिद गरी कृषकलाई वितरण गरेको बताएका छन् । स्थानिय कृषक राम सिबाले अनुदानमा आएको एक केजी मकैको बिउ खरिद गर्नु बिडम्बना भएको बताएका छन् ।

    उता नगरपालिकाका मेयर खड्ग फागोले भने नगरपालीकाले कृषकलाई अनुदान बापतमा निशुल्क रुपमा मकैको बिउ वितरण गर्नुपर्नेमा उल्टै कृषकसँग रकम असुल गर्नु नियम विपरित भएको बताउदै एक केजी विउ कृषकलाई वितरण गर्न वडामा रकम अभाव भएको भए नगरपालीकासँग समन्वय गर्नु पर्ने बताएका छन् ।

    सोही प्रसंगमा मेयर फागोले वडा बासीबाट आएको जनगुनासोको विषयमा आवश्यक छानविन सम्बन्धित निकायबाट भए पछि दोषी प्रमाणित भएमा कार्यवाही हुने बताएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…