• अर्जुन जम्नेली राई
    मोरङ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले पूर्व राजा र राजावादीहरु सलबलाए केही नहुने बताउनु भएको छ ।
    मोरङको पथरीमा आज (शनिबार)देखि शुरु भएको ‘सहिद रत्नकुमार वान्तावा प्रथम राष्ट्रिय खुल्ला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता—२०७५’को उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले सो कुरा बताउनु भएको हो । मुख्यमन्त्री राईले पूर्व राजा हौसिएर नाचगानमा लागेको प्रति टिप्पनी गर्दै गणतन्त्र र संघीयता अझ मजबुद भएर जाने बताउनु भयो ।

    ख्यमन्त्री राईले बुद्धिचाल बौद्धिक खेल भएको उल्लेख गर्दै खेलले दुस्साहष पूर्ण निर्णय गर्दा हुने क्षति र होसियारी अपनाउदा पुग्ने फाइदा बारे ज्ञान दिने बताउनुभयो । प्रदेश नम्बर १ सरकारले बुद्धिचाल खेलकुदको विकासको लागि आगामी दिनमा ध्यान पु¥याउने र बुद्धिचालको लागि सम्बन्धीत संस्थासँग छलफल गर्ने बताउनुयभो । पञ्चायती शासन विरुद्ध लड्दा शासकको गोली लागि मृत्यु भएको सहिद रत्नकुमार वान्तावाको योगदानको समेत मुख्यमन्त्री राईले चर्चा गर्नुभएको थियो ।
    कार्यक्रममा नेपाल बुद्धिचाल संघका केन्द्रीय एकलाल श्रेष्ठ, नेपाल आदिवासी जनजाति महासंघ १ नम्बर प्रदेश समितिका मुख्य सचिव तिलकप्रसाद राई लगायतले खेल सफलताको शुभकामना दिनु भएको थियो । क्लवका अध्यक्ष अमिर राईको सभापतित्वमा भएको कार्यक्रममा खेल संयोजक अर्जुन जम्नेली राईले स्वागत मन्तव्य राखेका थिए । खेल उद्घाटन सभामा पथरीका सामाजिक व्यक्तित्व तथा बुद्धिचाल खेलाडि ईश्वर आँशु मगरलाई मरणोप्रान्त सम्मान गरिएको थियो । मगरको पत्नि रमिला थापा मगरलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

    कार्यक्रममा प्रदेश सभा सदस्य कृष्णकुमारी राई, पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलिप राई, उपप्रमुख यमुना विष्ट, कानेपोखारी गाउँपाकिाल प्रमुख ताराबहादुर काफ्ले लगायतको उपस्थिति रहेको थियो । खेलको उद्घाटन मुख्यमन्त्री शेरधन राई र कार्यक्रमको मुख्य प्रायोजक एभरेष्ट बोर्डिङ स्कुलका संचालक रविन कन्दङ्वाले बुद्धिचालको गोटी चालेर गरेका थिए ।
    खेल पाँच दिनसम्म चल्ने आयोजक समितिका खेल संयोजक अर्जुन जम्नेली राईले बताउनु भयो । खेलमा पहिलो, दोस्रो, तेस्रो हुने खेलाडिलाई क्रमस नगद ५०, ४०, ३० हजार पुरस्कार प्रदान गरिने क्लवका अध्यक्ष अमिर राईले बताउनुभयो । खेलमा १५ औं स्थानसम्म हुने र अन्य विभिन्न टाइटल गरी ३९ जनालाई नगदसहित पुरस्कारको व्यवस्था गरिएको खेल आयोजक समितिले जनाएको छ । प्रतियोगितामा देशभरबाट एक सय ३५ जना खेलाडि सहभागि रहेको छ ।
    प्रतियोगितामा फिडे मास्टर (एफ.एम.) रिजेन्द्र राजभण्डारी, वीमेन फिडे मास्टर (डब्लू. एफ.एम.) सुजना लोहनी, क्यान्डिडेट मास्टरहरु कृष्ण थापा, भुपेन्द्र निरौला, नवीन तन्दुकर लगायतका खेलाडिहरु भिडिरहेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…