• माघ ८ पथरी
    पिस ल्याम्प इन्टरनेशनल प्राइभेट लिमिटेड काठमाडौको आयोजना मा मोरङको पथरीमा लाईभ इन म्युजिकल कन्र्सट हुने भएको छ ।
    एएनएस इभेन्टको सहकार्यमा पिस ल्याम्पले द भ्वाइस अफ नेपालका विजयी सिडि विजयी अधिकारी सहित अन्य ३ टाइटल चुम्न सफल प्रतिष्पर्धीहरुका साथमा टप ८ का प्रतिष्पर्धी हरुलाई पनि लाइभ इन म्युजिकल कन्सर्ट पथरीको रङ्गशालमा आगामी माघ २५ गते उर्ताने भएको छ ।
    आज (मंगलवार) पथरीको सिन भिलेज पाट्रीप्यालेसमा भएको पत्रकार भेटघाट कार्यक्रममा कन्सर्टमा द भ्वाइस अफ नेपालका विजेता अधिकारी, फस्ट रनअफ क्रमस कुशल आचार्य, सप्तक दत्तराज, श्रीजय थपलिया, टप ८ पर्न सफल सुरेखा क्षेत्री, श्रेया राई, विवेक वाइवा लामा च्याङवा, अनु शाक्यले मनोरञ्जन प्रदान गर्ने प्रालिका मेनेजिङ डाइरेक्टर अनुप लामाले बताएका छन् ।
    पिस ल्याम्पले पथरीमा पहिलो पटक कार्यक्रमको आयोजना गर्न लागेको हो भने ल्याम्पकै आयोजनामा माघ २१ गते धरान, २३ गते विर्तामोड र २६ गते केर्खामा पनि कार्यक्रम गर्न लागेको र पथरीमा लाईभ कन्र्सटमा १० हजार दर्शकले मनोरञ्जन लिने र आयोजना गर्न १८ लाख रुपैयाको अनुमानित खर्च मापन गरिएको प्रालिका अध्यक्ष प्रेम कुमार तामाङले बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…