• विवेक मिश्र

    बेलबारी । निजि तथा आवासीय बिद्यालय संगठन प्याव्सन मोरङले मंगलवार बेलवारी ११ लक्ष्मीमार्ग स्थीत लक्ष्मी खेल मैदानमा दशौं प्याब्सन स्पोर्टस् मिट उद्घाटन भएको छ ।

    जिल्ला भरका ८४ वटा निजी विद्यालयहरु सामेल रहेको उक्त स्पोर्टस् मिटमा हजार भन्दा बढि बिद्यार्थीहरु सहभागी रहेका छन् । खेल तिन दिन सम्म सञ्चालन हुने आयोजकले जनाएको छ । मंगलवार पहिलो चरणका खेलहरुमा एक सय मिटर, दुई सय मिटर, चार सय मिटर र आठ सय मिटरका दौडहरु हुनुका साथै लङ जम्प, ज्याब्लीङ थ्रो, भलिवल लगायतका प्रतियोगिताहरु भएका थिए । मंगलवार ज्याभ्लिङ थ्रो खेलको छात्रा तर्फ ब्राइट फ्युचर स्कुलकी वर्ष माझि प्रथम भइन् त्यसैगरी लङ जम्प छात्र तर्फ भृकुटी मोडल एकेडेमिका योगेस यादव र छात्रा तर्फ बाल सदन एकेडेमिकी अमिशा चौधरी प्रथम भईन ।

    प्रतियोगीताको प्रथम दोस्रो र तेस्रो बिजेतालाई प्रमाणपत्र र मेडल प्रदान गरीएको थियो । कार्यक्रममा प्रमुख अतिथीका रुपमा आउनुभएका एक नम्वर प्रदेश प्रमुख प्रा.डा. गोविन्द बहादुर तुम्बाहाङ्ले पानसमा बत्ति बालेर प्याब्सन स्पोर्टस् मिटको उद्घाटन गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन गर्ने क्रममा बोल्दै प्रमुख तुम्बाहाङ्ले कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो । त्यसैगरी बिशिष्ट अतिथीहरुको रुपमा प्रदेश सभा सदस्य राजकुमार ओझा, प्याब्सन केन्द्रिय सदस्य दिकाराम पुरी, प्याब्सन प्रदेश अध्यक्ष नारायण घिमिरे लगायतको उपस्थीति रहेको थियो । प्याब्सन स्पोर्टस् मिटमा छात्र तथा छात्रातर्फ दौड, रिले दौड, लङजम्प, हाईजम्प,त्रिफल जम्प, सर्टपुट ज्याभ्लिङ थ्रो तथा भलिभलको खेलहरु समावेश गरिएको प्याब्सन मोरङले जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…