• काठमाडौं : हतियार कारोबारी भएको आशंकामा पक्राउ गर्न खोज्दा प्रहरीमाथि जाइलागेपछि गोंगबुमा प्रहरीले गोली चलाएको छ।

    मंगलबार अपरान्ह गोगंबुस्थित होटल लकमा बसेका काभ्रेका अभिलाश तामाङमाथि प्रहरीले गोली चलाएको हो। तामाङ हतियार कारोबारी भएको सूचना पाएपछि महानगरीय प्रहरी परिसर टेकुको टोली पक्राउ गर्न गोगंबु पुगेको थियो।

    परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीका अनुसार प्रहरीमाथि नै फायरिङ खोल्न थालेपछि जवाफी कारबाहीमा एक राउण्ड गोली चलाइएको हो। उनका अनुसार तामाङको देब्रे खुट्टामा गोली लागेको छ। उनको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ।

    प्रहरीले तामाङको साथबाट ६ राउण्ड गोली लोड भएको पेस्तोल बरामद गरेको छ। बोगटीका अनुसार तामाङ यसअघि लुटपाटमा संलग्न भएको आरोप छ।

    ‘हाम्रो टोलीमािथ फायर खोल्न थालेपछि आत्मरक्षाका लागि गोली चलाइएको हो’, उनले भने, ‘थप अनुसन्धान गर्दैछौं।’

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…