• तेजन खड्का

    उर्लाबारी— उर्लाबारी नगरपालिका अन्तर्गतको सामुदायिक विद्यालयमा इहाजिरी जडान कार्य सुरु भएको छ । राधिका मावि—उर्लाबारी ६ मा आज उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले इ हाजिरीको उद्घाट गर्दै सवै विद्यालयमा अनिवार्य गरेको बताउनुभयो । नगरपालिकाको सहयोगमा नगरका सबै सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी अनिवार्य गरेको र अव इ हाजिरी जडानको काम सुरु भएको मेयर फागोको भनाई छ । ‘स्थानीय तह सञ्चालन ऐनका आधारमा शैक्षिक प्रशासनलाई सुदृढीकरण गर्न यस्तो प्रविधि अनिवार्य गर्ने निर्णय गरेका हौं,’ फागोले भन्नुभयो । पहिलो दिन नै यसको सुरुवात राधिका माविबाट गरिएको हो ।

    शिक्षकहरूले विद्युतीय माध्यमबाट हाजिर गरी सुरुवात गर्नुभएको छ । नगरभित्रका सबै मावि र आधारभूत तहका विद्यालयमा यस्तो अभ्यासको थालनी गरेको फागोले बताउनुभयो । कर्मचारीले इ हाजिरी शुरु भएपछि हातको औँलाले हाजिरी यन्त्रमा थिचेर उपस्थित भए नभएको जनाउनुपर्ने हुन्छ र समयको पालना पनि गर्नुपर्ने बाध्यता रहन्छ । विद्यालय निरीक्षकले ल्याएको तथ्यांकअनुसार शिक्षकको लापरबाही भएको विद्यालयमा दिनको तीनपटक र अन्य विद्यालयको हकमा दुईपटक विद्युतीय हाजिरी गर्नुपर्नेछ । सबै विद्यालयमा एकरूपता ल्याउने योजनाका साथ काम गरिएको  मेयर फागो बताउनुहुन्छ।

    ‘एउटा शिक्षकले दिनमा तीनपटक हाजिर लगाउनुपर्छ,’ उहाँले भन्नुभयो, ‘बिहान १० बजे, दिउँसो १ र बेलुका ४ बजे । सामान्य विद्यालयमा भने बिहान र बेलुका मात्र लगाउनुपर्छ । यसको लेखाजोखा सबै विद्यालय आ–आफूले राख्नेछन् र मासिक रूपमा नगरपालिका कार्यालयमा ल्याएर बुझाउने छन् ।’ राधिका माविका प्रधानाध्यापक कुमार पोखेरेलले विद्यालय प्रविधीमैत्रि बनेकोमा खुशी प्रकट गर्दै यस कार्यले शैक्षिक उन्नतीमा सहयोग पुग्ने विश्वास प्रकट गर्नुभएको छ । कार्यक्रममा विद्यालयका अध्यक्ष चन्द्रबहादुर राई,सदस्य दीपेन्द्र थापा लगायतको उपस्थिती रहेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…