• बाहुनडाँगी, ८ माघ । सौराह जेसीजको ९ औँ र सौराह लेडी जेसीजको पहिलो पद हस्तान्तरण कार्यक्रम सयुक्त रुपमा सोमवार सम्पन्न भएको छ ।
    चितवनको गैरीवारी रिसोर्टमा भएको पदहस्तान्तरण समारोहको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर महेश पौडेलले गर्नु भएको थियो । कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष पौडेलले समाज परिवर्तनका लागि युवाहरुलाई उद्यमशीलतातर्फ अघि बढाउनु पर्ने बताउनु भयो । उहाँले जबसम्म युवाहरु सक्षम र सवल हुँदैनन् तबसम्म समाज परिवर्तन नहुने बताउँदै नेपाल जेसीजले युवाहरुलाई उद्यमशीताका लागि काम गरेको बताउनु भयो । उहाँले पर्यटकीय नगरीको रुपमा रहेको सौराह क्षेत्रमा जेसीजले पुर्याएको योगदानको प्रशंसा गर्नु भयो ।
    यसैगरी कार्यक्रमका विषेश अतिथि रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले सामाजिक क्षेत्रमा जेसीज युवाहरुले पुर्याएको योगदानप्रति आफु प्रभावित भएको बताउनु भयो । उहाँले यस नगरका हरेक सकारात्मक कामहरुमा जेसीजसँग सहकार्य गरेर काम गर्ने बताउनु भयो ।

    सौराह जेसीजका अध्यक्ष हरि दहाल र सौराह लेडी जेसीजकी अध्यक्ष सुजता विष्टको सयुक्त सभपतित्वम सम्पन्न कार्यक्रममा नेपाल जेसीजका निरुपित कार्यकारीणी उपाध्यक्ष रमेशचन्द्र भूषाल, राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष श्यामसुन्दर पौडेल, राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष अमिष ढकाल, निरुपित राष्ट्रिय उपाध्यक्ष सिनेटर कमल भण्डारी, राष्ट्रिय उपाध्यक्ष गोकुल सापकोटा, राष्ट्रिय उपाध्यक्ष कृष्णप्रसाद अर्याल, राष्ट्रिय उपाध्यक्ष लालमणी भण्डारी, राष्ट्रिय उपाध्यक्ष अर्जुन अधिकारी, राष्ट्रिय उपाध्यक्ष हरि शर्मा, लगायतको सहभागिता रहेको थियो ।

    सौराह जेसीज वर्ष २०१८ का अध्यक्ष हरि दाहालले वर्ष २०१९ का अध्यक्ष शिवप्रसाद भूषाललाई चेन हस्तान्तरण गर्दै सपथ ग्रहण गराउनु भएको थियो ।
    यसैगरी सौराह लेडी जेसीजकी संस्थापक अध्यक्ष सुजता विष्टले वर्ष २०१९ की अध्यक्ष लक्ष्मी बिडारीलाई चेन हस्तान्तरण गर्नु भएको थियो ।
    सौराह जेसीजका लागि अध्यक्ष भुषालसहित कार्यकारीणी उपाध्यक्षमा ठाकुर प्रसाद भण्डारी र बिस्णु थापा, महासचिवमा सुरेश भूसाल, कोषाध्यक्षमा मथुरा चौधरी, तालिम रामचन्द्र पोखेरल, कानूनी सल्लहकार सन्तोष पूरी रहेका छन् । सौराहा लेडी जेसीसका लागि अध्यक्ष बिडारीको नेतृत्वमा कार्यकारीणी उपाध्यक्षमा स्वप्ना पौडेल र साबिता सिल्वाल, उपाध्यक्षहरुमा शिल्पा बिडारी, बविता चौधरी, शान्ता पराजुली, लक्ष्मी घिमिरे, महासचिवमा सरस्वती सेढाई, कोषाध्यक्षमा सृजना भट्ट, निर्देशकमा बिन्दु रिजाल, शान्ति पौडेल ,सावित्री सापकोटा, कानूनी सल्लहकार होम कुमारी त्रिपाठी रहेका छन् ।
    कार्यक्रममा सहभागि अतिथिहरुलाई वर्ष २०१८ का अध्यक्षद्धयले मायाको चिनो हस्तान्तरण गरेका थिए ।
    सोही समारोहकाबिच राष्ट्रिय अध्यक्ष पौडेलले हालै सञ्चालनमा ल्याएको गैरीबारी रिसोर्टको समेत उद्घाटन गर्नु भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…