• विराटनगर । कांग्रेस निकट युवा संगठन नेपाल तरुण दल प्रदेश केन्द्रीत आन्दोलन प्रदेश नम्बर १ विराटनगरबाट सुरु गरेको छ । नेपाल तरुण दल केन्द्रीय समितिको आयोजना र मोरङ जिल्ला समितिको संयोजनमा प्रदेश १ को विराटनगरमा आयोजित विरोध प्रदर्शन ऐतिहासिक बनेको आयोजकहरुले बताएका छन् । सरकारले प्रदर्शनलाई कमजोर बनाउन अनेकौं हथकण्डा अपनाए पनि सडक प्रदर्शन र सभामा हजारौं सहभागी भएको कोषाध्यक्ष विद्य्वान गुरुङले बताए । कार्यक्रममा बोल्दै नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले ओली सरकारको रवैया यस्तै रहे सरकारलाई कुर्सीबाट तानेर सडकमा ल्याउने चेतावनी दिए ।
    ‘दुईतिहाइको दम्भले फुलेको ओली सरकारले जनता विरोधी कामहरू तत्काल सच्चाउनुपर्छ । नसच्याए जनताको हितका लागि कुर्सीबाट तानेर सडकमा ल्याउन हामी  तरुण दल बाध्य हुनेछौं ।’ सरकारले जनविरोधी काम गरिरहेको र फजुल खर्च गरिरहेको भन्दै जनस्तरमा आलोचना भइरहेको छ । निर्मला बलत्कार र हत्याकाण्ड, सुन प्रकरण उदाहरण मात्र हुन् अध्यक्ष बस्नेतको भनाई थियो । उखान टुक्काले मुलुक चल्दैन प्रधानमन्त्रीले सोचुन् ।

    त्यसैगरी तरुणका महासचिव भुपेन्द्रजंग शाहीले ओली सरकार मुलुकको धर्म, सस्कृति र परम्परा बेचेर खरिद गरेको होली वाइन खाएर फुलेको आरोप लगाएका थिए । उनले भने, ‘सरकारलाई भ्रष्टाचार गरेर पुगेन, ३३ किलो सुन पचाएर पुगेन र अन्तिममा धर्म बेचेर किनेको होली वाइन खाएर मोटायो । अहिले तरुणको आन्दोलन देखेर आत्तिनु पर्दैन यो त काष्टिङ मात्र हो ।’
    कम्युनिस्ट सरकारको कुशासन विरुद्ध तरुण दलले सात वटै प्रदेशमा विरोध कार्यक्रम गर्ने भएको छ । मंगलबार प्रदेश एकको विराटनगरमा भएको विरोध कार्यक्रमपछि तरुणले ९ गते बुधबार प्रदेश २ को जनकपुरमा गर्ने भएको छ ।
    कार्यक्रममा केन्द्रीय अध्यक्ष जितजंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईं, महासचिव भुपेन्द्र जंग शाही,कोषाध्यक्ष विद्य्वान गुरुङ लगायतका १४ वटै जिल्लाका हजारौं तरुणको सहभागिता थियो ।

    सरकारको विरोधमा सातवटै प्रदेशमा विरोध कार्यक्रम गर्ने तय भएअनुसार प्रदेश १ बाट विरोधका कार्यक्रम सुरु गरिएको महासचिव भुपेन्द्र जंग शाहीले बताउनुभयो । तरुणदलले शनिहाट चौकमा भेला भई विरोध र्यालीसहित महेन्द्र चौक पुगेर विरोध सभा गरेको थियो ।

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…