• बिर्तामोड, माघ ८ । झापा जिल्लामा मात्र सीमित रहेको स्पोटर्स अवार्डलाई नेपाल खेलकुद पत्रकार मञ्च झापाले मेची अञ्चल स्तरीय बनाएको छ । यही माघ २६ गते दोस्रो स्पोटर्स अवार्ड गर्ने भएको छ ।

    मञ्चले मंगलबार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी माघ ७ गते गर्ने भनिएको दोस्रो स्पोटर्स अवार्ड प्राविधिक कारणले गर्न नसेको जनाउँदै माघ २६ गते गर्ने जानकारी दिएको हो ।

    जिल्लास्तरीय रुपमा सञ्चालन गरिएको अवार्डलाई अञ्चलस्तरीय गर्दा समस्या र चुनौती थपिएको मञ्चका अध्यक्ष रमेश समदर्शी राईले बताए । ‘हामीले समस्या र चुनौतीको पर्वाह नगरी अञ्चलस्तरीय कार्यक्रम गर्ने लक्ष्यका साथ पाइला अगाडि बढाएका छौँ’, अध्यक्ष राईले भने, ‘कार्यक्रम सफल पार्न विभिन्न ९ वटा उपसमिति गठन गरेका छाँै ।’

    यस वर्ष एउटा विधा परिवर्तन गरेर ६ वटा बनाएको जनाइएको छ । ६ वटा विधामा उत्कृष्ट अञ्चलभरिका पुरुष र महिला खेलाडी, कोच, पिपुल च्वाइज, युवा खेलाडी र लाइफटाइम एचिभमेन्टका प्रतिभालाई पुरस्कृत गर्ने अध्यक्ष राईले बताए ।

    गत वर्षको पिपुल च्वाइज टिमको साटो यस वर्ष पिपुल च्वाइज प्लेयर बनाइएको मञ्चका कोषाध्यक्ष बुद्ध तामाङले बताए । पुरस्कारको राशि वृद्धि गरी जनही २५ हजार पुर्याएको उनले बताए । उत्कृष्ट पुरुष र महिला खेलाडीलाई मोटरसाइकल र स्कुटर प्रदान गरिनेछ ।

    मोटरसाइकल र स्कुटर झापाका समाजसेवी तथा खेलक्षेत्रका हस्ती जलकुमार गुरुङले प्रदान गर्ने प्रतिभा छनोट समितिका सदस्य हिमाल खरेलले बताए । एक हप्ताभित्रमा मनोनीतहरुको अन्तिम नामावली सार्वजनिक गरिने उनले जानकारी दिए । पुरस्कारको राशि बाहेक कार्यक्रममा ५ लाख अनुमानित खर्च हुने जनाइएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…