• घोराही, ८ माघ  : नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सङ्घीय, प्रदेश एवमं स्थानीय निर्वाचनमा काङ्ग्रेसले हारेर एकदम ठीक भएको बताउनुभएको छ ।
    काङ्ग्रेस दाङ क्षेत्र नं ३ को क्षेत्रीय भेलालाई आज सम्बोधन गर्दै उहाँले काङ्ग्रेसले हारेको हुँदा पार्टी सुधारको मौका मिलेको र हारले गतिलो पाठ सिकाएर गएको धारणा राख्नुभयो । उहाँले पार्टीले हार व्यहोरेपछि नै पार्टीभित्र सुधारको सङ्केत देखिएको बताउनुभयो ।
    उहाँले अहिले पार्टीभित्र ठूला नेताको मिलन हुनु, केन्द्रीय पदाधिकारीले पूर्णता पाउनु, सङ्घीय संरचनाअनुसार पार्टी कमिटी बन्नु, देशव्यापी छलफल गरेर विधान तयार हुनु नै काङ्ग्रेसको सुधारको सङ्केत भएको दाबी गर्नुभयो । पार्टीनिकट सबै भ्रातृ सङ्गठनले लोकतान्त्रिक परिपाटी अपनाएर नेतृत्व चयन एवम् छलफलका कार्यक्रम गरिरहेको उहाँले जानकारी दिनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…