• दाङ, ८ माघ 

    घोराही उपमहानगरपालिका–१३ मा रहेको श्री बराहक्षेत्र मावि सेवार वनगाउँको आयोजनामा घोराहीमा जारी महायज्ञमा यहाँका एक परिवारले साढे १२ लाख नगद दान गर्नुभएको छ ।

    महायज्ञ आयोजक मूल समितिका संयोजक घोराही उपमहानगरपालिका–१३ का विमला गिरीको परिवारले रु १२ लाख ५१ हजार दान गर्नुभएको हो ।

    स्वर्गीय हजुरबुबा रणु गिरी, हजुरआमा तुलसा गिरी, ससुरा शुभान गिरी, सासु मीना गिरी र बुबा छविलाल योगी र आमा राधा योगीको स्मृतिमा महायज्ञ आयोजक मूल समितिका संयोजक विमला योगी, उहाँको श्रीमान् वरिष्ठ अधिवक्ता अनिरुद्र गिरी, छोरीहरु डा रञ्जु गिरी, इञ्जिनीयर आस्था गिरी र छोरा अवनिश गिरीले सो रकम विद्यालयको भौतिक पूर्वाधार विकासका लागि दान गर्नुभएको हो ।

    यो महायज्ञमा हालसम्मकै सर्वाधिक राशि हो । सो रकमसहित आज छैठौँ दिन रु २७ लाख ३९ हजार ८६० दान सङ्कलन भएको महायज्ञका निर्देशक प्रा डा अर्जुन बुढाथोकीले जानकारी दिनुभयो । महायज्ञमा हालसम्म रु ६६ लाखभन्दा बढी दान सङ्कलन भएको पनि बुढाथोकीले जानकारी दिनुभयो ।

    विद्यालयको भौतिक पूर्वाधार विकास तथा प्राविधिक शिक्षा सञ्चालन सहयोगार्थ आयोजित ‘श्रीमद् भागवत मन–धान्याञ्चल विराट् नवाह ज्ञान महायज्ञ २०७५’ को आयोजना गरिएको हो । महायज्ञको मुख्य वाचकमा बालयोगेश्वर रहनुभएको छ । महायज्ञमा दैनिक धार्मिक कार्य हुने गरेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…