• काठमाण्डौं । खानेपानी तथा सरसफाई मन्त्री विना मगर बिरामी भएर अस्पतालमा उपचाररत थिइन। तर सोही मन्त्रालयका एक जना सहसचिव राजनराज पाण्डे भने मन्त्रीका विरुद्ध सामाजिक सञ्जालमा तथानाम प्रचारवाजीमा उत्रिए । उनी त्यसरी अराजक हुनुको कारण थियो राम्रो विभागमा सरुवा र उनले भनेको देशमा भ्रमण भनेको विदा पाउनु पर्ने ।

    हुन त सहसचिव पाण्डेको यो पहिलेदेखि कै बानी हो । यसअघि प्रेमवहादुर सिंह खानेपानी मन्त्री हुँदा पनि विदेश भ्रमण जान नपाएको झोकमा सिंहलाई पाण्डेले दुरव्यहार गरेको समाचार बाहिर नआएको होइन । सिंह खानेपानी मन्त्री हुँदा सहसचिव पाण्डेलाई मेलम्ची खानेपानी आयोजना पठाए । मेलम्चीका कर्मचारीलाई दुरव्यवहार गर्न खोजेपछि उनलाई पुनः तत्काल मन्त्रालयमा तानिएको थियो ।

    सहसचिव पाण्डे त्यस्ता सहसचिव हुन उनी आफै र आफै नाममा स्पोन्सर मगाउँछन र हप्तौ विदेश लाग्छन । उनको यो व्यवसाय विदेशी दाताका लागि खानेपानीको डकुमेन्ट बनाउने र डलर लिने । उनले यो काम गर्न पाएनन भने उनी मन्त्रालयमा मनलाग्दी बोल्दै हिड्छन ।
    पाण्डे तिनै व्यक्ति हुन, जसलाई सरकारले प्रदेश नम्वर ७ को भौतिक पूर्वाधार मन्त्रालयको सचिव पदमा कामकाज गर्न सरुवा गरि पठायो । तर, त्यहाँ उनी केही महिना पनि टिक्न सकेनन । आफु पनि काम नगर्ने र अन्य कर्मचारीलाई मात्र भड्काउने काम गरे ।

    सचिव नै गैरजिम्मेवार भएपछि मुख्यमन्त्री पनि हैरान भए । प्रदेश नम्वर ७ को मन्त्रालयमा समेत संघीयता विरोधी गर्ने अनि अन्य कर्मचारीलाई समेत प्रदेश कार्यालयमा काम ैनगर्न भन्दै भड्काए । यसपछि सरकारले खानेपानी मन्त्रालयमा पठायो । संघ आएपनि उनले त्यसलाई निरन्तरता दिइरहे । मन्त्रालय अन्तर्गतका अन्य शाखामा जिम्मेवारी दिँदा अस्वीकार गरे ।

    सहचिव पाण्डेको दाउ एकातीर स्वच्छ देखाउने अर्को दाउ विदेशी दाताको काम । उनले ल्याएको नियम विपरितको विदेश भ्रमण फाइल मन्त्रीले सदर नगरी दिएपछि मन्त्रीलाई चोर औला उठाउँदै मन्त्रीको कक्षबाट बाहिरिए । यही झोकमा उनले मन्त्री बिरुद्ध प्रचारबाजी गरीरहेका छन् । उनको गतिविधी हेर्दा सामाजिक संजालमा मन्त्रीहरुलाई गाली वेइजती गरी चर्चामा आउन खोजेको देखिन्छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…