• बाहुनडाँगी, ९ माघ । दाङ महिला जेसीजले युवा अवस्थामा हुने लागु पदार्थ दुव्र्यसनी विरुद्धको अभियान सञ्चालन गरेको छ । विशेष गरेर विद्यार्थीहरु धेरै लागु पदार्थमा लाग्ने गरेका छन् । यसको न्यूनीकरण र यस सम्बन्धी सचेतना अभिबृद्धि गराउने उदेश्यका दाङ जिल्लामा रहेको दीपशिखा क्याम्पसमा शाखाले बुधवार लागु पदार्थ दुव्र्यसनी सम्बन्धी सचेतना मुलक कार्यक्रमको आयोजना गरेको हो ।
    कक्षा ११ र १२ का विद्यार्थीहरुलाई लक्षित गरी आयोजना गरिएको उक्त सचेतना कार्यक्रमको प्रमुख प्रशिक्षकका रुपमा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक शैलेन्द्रकुमार भट्ट रहनु भएको थियो । प्रहरी निरिक्षक भट्टले साथीहरुको संगत र अभिभावकहरुको नानीहरुप्रति गर्ने नकरात्मक व्यवहारका कारण धेरै जसो लागु औषधमा फस्ने गरेको बताउनु भयो । सहायक प्रशिक्षकका रुपमा दाङ महिला जेसीजकी पूर्व अध्यक्ष विन्दु कुँवर रहुन भएको थियो ।
    शाखा अध्यक्ष रेखा शर्माको सभापतित्व तथा दीपशिखा क्याम्पसका क्याम्पस प्रमुख रोमन अधिकारीको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा दाङ महिला जेसीजकी पूर्व अध्यक्ष सञ्चिता गौतम र त्रिभूवननगर जेसीजका अध्यक्ष बसन्तराज अधिकारीको सहभागिता रहेको थियो ।
    जुनु कुमारी बुढाले आस्था पाठ गरेको कार्यक्रमको सञ्चालन महासचिव अनिता ढकालले गुर्न भएको थियो । सहसचिव सिन्धु रिजाल सैयोजक रहुन भएको कार्यक्रममा दाङ महिला जेसीजका पदाधिकारीहरु तथा सोही विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…