• विवेक मिश्र

    बेलबारी माघ ९, निजि तथा आवासीय बिद्यालय संगठन प्याव्सन मोरङको मंगलवार देखी जारी बेलवारी ११ लक्ष्मीमार्ग स्थीत लक्ष्मी खेल मैदानमा दशौं प्याब्सन स्पोर्टस् मिटमा सुन्दर हरैचाको बाल सदन एकेडेमी अगागी देखीउको छ ।

    जिल्ला भरका ८४ वटा निजी विद्यालयहरु सामेल रहेको उक्त स्पोर्टस् मिटमा हजार भन्दा बढि बिद्यार्थीहरु सहभागी रहेका छन् । खेल बिहिवार सम्म सञ्चालन हुने आयोजकले जनाएको छ । बुधवार सम्म दशवटा बिद्यालयले स्वर्ण, रजत र कास्य प्राप्त गर्न सफल भएका छन् । पदक पाउने बिद्यालयहरुमा भृकुटी मोडल एकेडेमि २ स्वर्ण, बालसदन एकेडेमिले २ स्वर्ण १ कास्य र १ रजत, शिक्षा सदनले १ रजत, ब्राइट फ्युचरले २ स्वर्ण, पुर्वाञ्चल एकेडेमिले २ रजत १ कास्य, युनिक एकेडेमिले १ कास्य १ रजत, शिदार्थ सेकेण्डरीले १ रजत, गोदावारी बिद्या मन्दिरले ३ कास्य, मुनाल आदर्स बिद्या सदनले १ रजत, जुपिटर स्कुलले १ रजत पदक प्राप्त गर्न सफल भएका छन् । बुधवार भएको हाइजम्पमा छात्र तर्फ भृकुटि मोडल बिसाल भटराईले स्वर्ण, युनिक एकेडेमिका रञ्जीत खवासले रजत र बाल सदन एकेडेमिका अब्राहम प्रधानले कास्य पदक हासिल गरेका छन् ।

    त्यसैगरी हाइजम्पकै छात्रा तर्फ बाल सदन एकेडेमिकी कन्चन कार्कीले स्वर्ण, पुर्वाञ्चल एकेडेमीकी पुष्पा सरदारले रजत र गोदाबारी विद्या मन्दिरकी पुजन राईले कास्य पदक पाउन सफल भएका छन् । त्यसैगरी बुधवारै भएको ८०० मिटर दौडमा छात्र तर्फ शिदार्थ स्कुल खोर्सानेका अनमोल राईले स्वर्ण, मुनाल आदर्शका सन याखाले रजत र गोदावारी बिद्या मन्दिरका अधेस राईले कास्य पदक हासिल गरेभने छात्रा तर्फ ब्राईट फ्युचरकी शोभा कार्किले स्वर्ण, जुपिटर स्कुलकी सिमा चौधरीले रजत र पुर्वाञ्चल एकेडेमिकी इशा घिमिरेले कास्य पदक पाउन सफ भएका छन् । प्याब्सन स्पोर्टस् मिटमा छात्र तथा छात्रातर्फ दौड, रिले दौड, लङजम्प, हाईजम्प,त्रिफल जम्प, सर्टपुट ज्याभ्लिङ थ्रो तथा भलिभलको खेलहरु समावेश गरिएको प्याब्सन मोरङले जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…