• विराटनगर, ९ माघ । विराटनगरस्थित शिक्षादीप कलेजको आयोजनामा बुधबार खुल्ला कविता प्रतियोगिता सम्पन्न भएको छ ।
    कलेजमा अध्ययनरत विद्यार्थीहरूबीच भएको प्रतियोगितामा मनिषा नेपाल ‘आमा अनि उसकी सन्तान’ शीर्षकको कविता वाचन गरेर प्रथम भइन् । त्यस्तै ‘म र मेरो देश’ शीर्षकको कविता वाचन गरेर नारायण चौलागाईं द्वितीय, ‘आमा’ शीर्षकको कविता वाचन गरेर सबु थापा तृतीय र ‘म’ शीर्षकको कविता वाचन गरेर आयुषा खतिवडाले सान्त्वना स्थान प्राप्त गरिन् ।


    कवि गोकुल अधिकारी र मीनकुमार नवोदितको निर्णायक समितिले विजेताको नामावली घोषणा गरेको थियो । विद्यार्थीलाई अध्ययनसँगै सिर्जनात्मक क्रियाकलापमा सहभागी गराउने उद्देश्यले कविता प्रतियोगिता आयोजना गरिएको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले जानकारी दिए । कलेजले चेस, हाजिरीजवाफ, वक्तृत्वकलालगायतका प्रतियोगिता आयोजना गरेको छ । एक हप्तासम्म विभिन्न प्रतियोगिता आयोजना हुने प्रिन्सिपल खड्काले बताए । कवितासहितका प्रतियोगिताका सबै विजेता विद्यार्थीहरूलाई विशेष समारोहमा पुरस्कृत गरिने कलेजले जनाएको छ ।

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…