• चन्द्रगढी, ९ माघ । नेपालका चर्चित गायकहरु राजेशपायल राई, उत्तमजङ्ग लिम्बू र आस्था राउत यहि माघ १६ गते शहिद दिवसका दिन झापा आउने भएका छन् । बन्दी विकास पुस्तकालय झापा कारागारको २२ औँ बार्षिकोत्सवमा हुने बृहत साँस्कृतिक कार्यक्रममा सहभागि हुन उनीहरु झापा आउने भएका हुन् । उनीहरुसँगै नेपालका चर्चित डान्सर रिया श्रेष्ठ र बेली डान्सर विन्दु शाक्य पनि कार्यक्रममा सहभागि हुने वन्दी विकास पुस्तकालयका सचिव युवराज गिरीले बताए ।
    झापा कारागार अन्तरगत रहेको बन्दी विकास पुस्तकालयले हरेक वर्ष सहिद दिवसका दिन विशेष कार्यक्रमको आयोजना गर्दै आएको छ ।
    वार्षिकोत्सवको अवसर पारेर पुस्तकालयले एक महिनादेखि विभिन्न खेलकुदका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।
    जस अन्तरगत क्रिकेटमा विवेक राउतको टिमले विजयी हासिल गरेको छ । सिनियर चेसतर्फ वार्ड नम्बर ४ का किरण पोखरेलले बाजी मारेका छन् । जुनियरतर्फ वार्ड नम्बर ५ का रोशन लिम्बूले जितेका छन् । भलिबलमा रमेश पोखरेलको टिमले जितेको सचिव गिरीले बताए ।
    यसैगरी, माघ १० गते हाजिरी जबाफ र १२ गते बन्दी ग्रेण्ड मास्टर प्रतियोगिता हुने पुस्तकालयका अध्यक्ष एवम् चौकीदार मोहन धिमातलले बताए । अध्यक्ष धितालका अनुसार खेलकुद तथा विभिन्न प्रतियोगितामा विजेता व्यक्तिहरुलाई १६ गते पुरस्कार तथा सम्मान गरिनेछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…