• गोपाल काफ्ले
    पथरी / ‘सहिद रत्नकुमार वान्तावा प्रथम राष्ट्रिय खुल्ला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि झापाका सुश्रुत दाहालले हाता पारेका छन् ।
    फ्रेण्डसीप चेस क्लवद्वारा आयोजित मोरङको पथरीशनिश्चरे नगरपालिकामा बुधबार भएको फाइनल राउण्डमा क्यान्डिडेट मास्टर (सी.एम.) कृष्ण थापासँग बराबरी खेल्दै प्रतियोगिताको उपाधि हाता पारेका हुन । दाहालले ७.५ अंक ल्याएका थिए भने समान अंक ७.५ ल्याएर दमक झापाकै प्रकाश नेपाल दोस्रो भएका छन् । त्यस्तै कृष्ण थापाले ७ अंक ल्याई तेस्रो स्थान हात पारेका छन ।

    प्रोगेसिप पइन्टको आधारमा बद्रीलाल नेपाली, सुमन लामा, सुरवीर लामा, राजेन्द्र राईले समान ७ अंक ल्याएर क्रमस चौथो, पाँचौ, छैठौ र सातौ स्थान हासिल गरेका छन । सुमन राई, भुपेन्द्र निरौला, राजन सुवेदी, राजन पुरी, ज्वाला इम्बुङ लिम्बू, विवेक श्रेष्ठ, आशिस फूयल र नवीन तण्डुकर क्रमस १५ औं स्थानका पुरस्कार प्राप्न गरेका छन् । बद्रीलाल नेपाली, सुरवीर लामा, भुपेन्द्र निरौला र नवीन तण्डुकार बुद्धिचालका पूर्व नेपाल च्याम्पियन हुन । पूर्व च्याम्पिएन चारैजना १५ स्थान भित्र पर्न सफल भएपनि प्रतियोगितामा सहभागि हुन आएका मध्ये टप (२०३८) रेटिङ भएका फिडे मास्टर (एफ.एम.) रिजेन्द्र राजभण्डारी भने खाली हात फर्किएका छन् ।

    प्रतियोगिताको प्रथम, दोस्रो र तेस्रोहुने खेलाडिलाई जनही ५०, ४०, ३० नगद, ट्रफी र प्रमानपत्र प्रदान गरिएको थियो । सातौदेखि १५ औं हुने खेलाडिलाई ७ देखि १३ हजार नगद र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा सुमन श्रेष्ठ र विजयविश्व घिमिरे १ नम्बर प्रदेशको प्रथम र दोस्रो घोषणा भए । त्यसैगरी सुरज राय मोरङ च्याम्पियन, विजेक बज्रचार्य र अनिस तामाङ पथरीशनिश्चरे नगरको प्रथम र दोस्रो भएका छन् ।

    श्याम लिम्बू अन रेटेड च्याम्पियन भएका छन् । रेटिङ १७ सय मुनी उमेश शाहा, राजन पहाडी, १५ सय मुनी बिबेक पोदार र लोकसागर साम्बा पुरस्कृत भए । फरक क्षमता (अपाङ्गता)का खेलाडिमा लक्ष्मीप्रकाश कन्दङ्वा र सुनिता थापा तथा भ्याटन महिलामा राधिका लिम्बू, पुरुषमा रामश्रोत साहा नगदसहित पुरस्कृत भएका छन् । प्रियकुमारी शाहा प्रतियोगिताको अनुशासित खेलाडिबाट पुरस्कृत भएका छन् । त्यसैगरी १२ कक्षा मुनि अध्ययनरत विद्यार्थीतर्फ पुरुषमा एककुमारी कार्की र सुजना लोहनीले पुरस्कार जितेका छन् ।

    उमेरको हिसावले १२, १४ र १६ बर्ष मुनिका खेलाडिहरु क्रमस सुजन थापा, प्रज्वल बस्नेत र मिशन दाहालले पनि नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरेका छन् । विजयी खेलाडीलाई पथरीशनिश्चरेका नगर प्रमुख दिलिप कुमार राई लगायत अन्य अतिथीले पुरस्कार बितरण गर्नु भएको थियो । देशभरबाट १३५ खेलाडि सहभागि प्रतियोगितामा ३९ जनालाई तीन लाख ४० हजार नगद पुरस्कार प्रदान गरिएको आयोजक फ्रेण्डसीप चेस क्लवका कार्यक्रम संयोजक अर्जुन जम्नेली राईले बताए ।

    कार्यक्रमको उद्घाटन माघ ५ गते प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले गरेका थिए भने समापन ९(आज) गते कार्यक्रममा पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलिपकुमार राईको हातबाट वितरण गरिएको थियो । कार्यक्रममा संविधान सभाका सदस्य चण्डीप्रसाद राई लगायतको उपस्थिति रहेको थियो । खेल खेलाउन आर्विटर(एम्पाएर) ज्ञानेन्द्र खाइजु, विजय थापा लगायतल आएका थिए ।

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…