• काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलले कम्युनिस्ट सरकारविरुद्ध हजारौँको संख्यामा उपस्थित भएर चेतावनी मुलक प्रदर्शनमा उत्रेको छ। कम्युनिष्ट सरकारको संविधान विरोधी गतिविधि र अधिनायकवादविरुद्ध तरुण दलले खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारलाई लक्षित गर्दै प्रदेश २ मा विरोध र्‍याली र विरोध सभा गरेको हो।

    नेपाल तरुण दलको आह्वानमा प्रदेश २ को राजधानी जनकपुरधाममा तरुण दलका हजारौँ कार्यकर्ताहरूले ओलीसरकारविरुद्ध प्रदर्शन गर्दै नाराबाजी गरेका हुन् । प्रदर्शनलाई सम्बोधन गर्दै तरुण दलका केन्द्रिय अध्यक्ष जीतजंग बस्नेतले कम्युनिष्ट सरकार दुई तिहाईको दम्भमा संविधान विरोधी काम गर्नुको साथै एकलौटी रुपमा कार्यकर्ता पोस्ने कानून बनाइरहेको बताए। जसकारण आम जनता मर्कामा परेका छन्।
    उनले भने,'दुई तिहाइको कम्युनिस्ट सरकारले भ्रष्टाचारी, बलात्कारी र हत्यारालाई संरक्षण गर्नाले देश असुरक्षित बनेको छ ।'

    त्यस्तै उनले कांग्रेस नेताको नाम रहेका अस्पताललाई संघीय सरकारमातहत नल्याएसम्म सरकारविरुद्ध आन्दोलनका कार्यक्रम जारी रहने बताए। प्रदर्शनमा सहभागीहरुले कम्युनिस्ट सरकार आउनेवित्तिकै महँगी वृद्धि भएको पनि बताए ।

    राजनीति क्षेत्रमा स्वच्छ र इमान्दार छवी बनाएका तरुण दलका अध्यक्ष बस्नेतका अनुसार सरकार अधिनायकवादी चरीत्र, भ्रस्टाचार, महङ्गी, मुल्यबृद्धी, वाइडबडी,निर्मला पन्त लगायतका गैरकानुनी र अलोकतान्त्रिक रवैयाको बिरोधमा सातै प्रदेशको राजधानीमा बिरोध कार्यक्रमको पूर्व निर्धारित कार्यक्रमकै योजना अनुरुप आज विराटनगरमा विरोध प्रदर्शन गरिएको हो।

    त्यस्तै तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले ओली नेतृत्वको कम्युनिस्ट सरकारले देशमा अधिनायकवाद ल्याउन तल्लिन रहेको बताए। उनले भने,'ओलीको अधिनायकवादलाई युवा र तरुणहरूले प्रतिवाद गरेर ध्वस्त बनाइदिन्छ।' चेतावनी दिए । तरुण दलको प्रदर्शनलाई ध्यान दिएर स्थानीय प्रशासनले जनकपुरधाममा उच्च सुरक्षा सर्तकता अपनाएको थियो ।

    स्रोतका अनुसार यता प्रधानमन्त्री केपी ओली र प्रचण्ड हजारौँको संख्यमा तरुण दलमो भीड देखेर चकित परेका छन्।

    विरोध र्‍यालीपछि आयोजित विरोध सभालाई सम्बोधन गर्नेहरूले राज्यका हरेक अंगमा कम्युनिस्ट सरकारले कम्युनिस्टकरण गरेको भन्दै आपत्ति जनाए । उनीहरूले देशभरि कम्युनिस्टहरूले शुरु गरेको अराजकता रोकन पनि माग गरेका छन् । वर्तमान सरकारको कार्यशैलीमा सुधार नभए युवा र तरुणहरूले सत्ताबाट गलहत्याउने चेतावनी समेत दिएका छन् ।प्रदर्शनमा सहभागीहरूले ओली सरकारले भ्रष्टाचारी, बलात्कारी, कालोबजारी गर्नेहरूललाई संरक्षण गरेको आरोप लगाए । उनीहरूले मुलुकलाई अधिनायकवादतर्फ लैजान थालेको भन्दै आपत्ति जनाए ।

    तरुण दलका नेताहरूले कम्युनिष्टका नेताहरु निर्वाचन अगाडि बोलेका कुनै पनि कुरा पूरा नगरेको बताए । उनीहरूले निर्वाचनका बेला वृद्ध भत्ता पाँच हजार बनाएर घरघरमा ल्याइदिने भनेर केपी ओलीले सोझो जनतालाई झुक्काएको बताए । निर्मला पन्तका बलात्कारी तथा हत्यारालाई सरकारले संरक्षण गरेपछि उत्पन्न भयावह अवस्था, वाइडबडी विमान खरिद प्रकरणमा संसदीय समितिलाई स्वतन्त्रतापूर्वक छानबिन गर्न नदिन सरकारले लगाएको अंकुशपछि उत्पन्न भ्रष्टाचारको कहालीलाग्दो अवस्था लगायत जल्दाबल्दा समस्या तरूण दलले उठाउँदै आएकोछ ।

    यसैगरी, संघीयतालाई धराप पार्ने किसिमले ल्याइएका विधेयक तथा सरकारका गतिविधि, गरिब जनताको ढाड सेक्ने गरी वृद्धि गरिएको कर, मधेसी तथा जनजाति समुदायको माग सम्बोधन हुने गरी संविधान संशोधन विधेयक ल्याउन प्रति चासो नदेखाएको, डा।गोविन्द केसीका माग पूरा गर्ने गरी विधेयक ल्याउन गरिएको ढिलासुस्ती, कर्मचारी समायोजनका सन्दर्भमा ल्याइएको विभेदकारी हस्तक्षेप, नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनका नाममा २३ अर्ब रुपैयाँ हिनामिना गर्न लागिएको प्रकरणलगायतका मुद्दालार्इ लाक्षित गरी तरूण दलले विरोध कार्यक्रम आयोजना गरेको हो।

    सरकार विरुद्धको आन्दोलन अन्तरगत अब माघ १० गते ३ नम्बर प्रदेशको हेटौडामा र माघ ११ गते गण्डकी प्रदेशको पोखरामा आन्दोलन गर्ने भएको छ ।

    यस्तै ५ नम्बर प्रदेशको भैरहवामा माघ १२ गते, कर्णाली प्रदेशको सुर्खेतमा माघ १३ गते र सुदूरपश्चिम प्रदेशको धनगढीमा माघ १४ गते आन्दोलन गर्ने निर्णय अनुसार विरोध कार्यक्रमलार्इ अन्तिम रूप दिएको छ। प्रदेश १ को राजधानी विराटनगरदेखि शुरु भएको तरुण दलको विरोध र्‍याली र विरोध प्रदर्शन सातै प्रदेशका राजधानीहरूमा हुनेछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…