•  नेपाल तरुण दलले देश ब्यापी गर्न लागेको प्रर्दशनको अर्थ के हो ?
    दुई तिहाईको दम्भ पालेको बर्तमान सरकारका पछिल्ला निर्णय र कृयाकलापले यो सरकार अभिनायकवाद तर्फ उन्मुख हुँदैछ भन्ने प्रष्ट हुँदै गएकोले सरकारको अभिनायकवाद विरुद्ध जिम्मेवार प्रतिपक्षीको भूमिकामा रहेको कांग्रेसका भातृ संगठन नेपाल तरुण दल सरकारलाई खबरदारी गर्न सडकमा उत्रिएको हो ।

     सरकारका कुन–कुन निर्णय र कृयाकलाप अधिनायकवाद तर्फ उन्मुख भयो ?
    अहिलेको सरकार अधिनायकवाद तर्फ उन्मुख भएको हामीले हैन जनताले नै महशुष गरेको कुरा हो ।
    दुई कम्युनिष्ट पार्टीको एकीकरणबाट दुई तिहाईको दम्भ बोकेको वर्तमान सरकारका प्रायः सबै निर्णय र कदमहरु अधिनायकवाद तर्फ उन्मुख छ । निर्मला पन्त हत्या प्रकरण, डा. गोविन्द केसीसँग गरेका सम्झौता पालनामा देखाएको उदासिनता, वाइडबडी काण्ड, संस्कृत विश्वविद्यालयका उपकुलपतिलाई गरिएको ब्यवहार, न्यायालय माथि गरिएको हस्तक्षेप अधिनायकवाद हो । प्रेस स्वतन्त्रता र अभिब्यक्ति स्वतन्त्रता माथिको हस्तक्षेप, भ्रष्टाचार, महंगी बृद्धि, राज्यको ढुकुटीबाट कार्यकर्ता पोस्ने कार्य तथा विभिन्न अपराधिक कृयाकलापमा संलग्नलाई संरक्षण गर्नु नै केपी ओली सरकार अधिनायकवाद तर्फ उन्मुख रहेको प्रष्ट भएको छ । अहिले मुलुकमा विधिको हैन ब्यक्तिको शासन छ ।

     

     कांग्रेस प्रतिपक्षमा भएपछि अधिनायकवाद विरुद्ध संसद मार्फत नै खबरदारी गर्न सक्छ नी, सडक नै तताउनु पर्छ र ?
    स्थानीय र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले अपेक्षित रुपमा सिट हासिल गर्न सकेन, जसले गर्दा संसदमा संख्यात्मक रुपमा कांग्रेसको भूमिका कमजोर देखियो । तथापि, कांग्रेसले सरकारका गलत निर्णयका विरुद्ध संसदमा आवाजै नउठाएको भन्ने चैं हैन ।

    यहाँ सरकार कस्तो सम्म निरंकूश भइदियो भने, संसदमा सरकारलाई प्रश्नै गर्न समेत पाइएन । दुई तिहाई छ भन्दैमा सरकारले गरेको गलत कामलाई खबरदारी नै गर्न नपाउने ?

    संसदमा कांग्रेसले खबरदारी गर्दा सडकमा तरुण दलले खबरदारी गर्न आवश्यक छ । विगतमा मुलुकलाई आवश्यक परेको बेला जस्तोसुकै अवस्थामा तरुण दल अग्रमोर्चामा थियो र, अहिले पनि छ ।

    दुई तिहाईको सरकारलाई काम गर्ने समय दिनुपर्यो नी, सरकार गठन भएको दुई वर्ष भएको छैन ?
    कांग्रेसले मुलुकमा स्थायी शान्ति र विकासका लागि दुई तिहाईको स्थायी सरकार चाहिन्छ भनेर बर्तमान सरकारलाई काम गर्ने समय दिन अहिलेसम्म सकारात्मक प्रतिपक्षको भूमिका निर्वाह गरेको छ । डेढ वर्ष भनेको सानो समय हैन । महंगी, भ्रष्टाचार, अराजकता, हत्या हिंसा बढाउनुको सिवाय यो सरकारले केहि गर्न सकेन । मिठामिठा उखान टुक्का गाँसेर भाषण मात्र गरेर देश बन्दैन । स्थायी शान्ति र संबृद्धिका लागि सरकारसँग भिजन चाहिन्छ । यो सरकारसँग देश बनाउने भिजन नै छैन ।

    सरकारसँग मुलुक बनाउने कस्तो भिजन हुनुपर्छ त ?
    मुलुकलाई विकास गर्ने हो भने, स्पष्ट भिजन बनाउन आवश्यक छ । आफ्नै देशको स्रोत साधन प्रयोग गरेर युवाहरुलाई स्वरोजगार बनाउँदै आत्मनिर्भरता तर्फ अग्रसर बनाउनुपर्छ । अहिले दैनिक सयौंको संख्यामा विदेशिएका युवालाई स्वदेशमै रोजगारी गर्ने वातावरण सृजना गर्नुपर्छ । कृषि, उद्योग ब्यवसाय र पर्यटनका क्षेत्रमा राज्यले निजी क्षेत्रलाई समेत समेटेर दिर्घकालिन योजना बनाउन आवश्यक छ । तर, यो सरकारले युवाहरुलाई विदेशिन प्रेरित गर्न विभिन्न मुलुकमा रोजगारीका लागि पहल गर्नु वाहेक केहि गर्न सकेन । स्वदेशी पुँजी विदेश लानेलाई सम्म नियन्त्रण गर्न सकिरहेको छैन ।

     

    यो आन्दोलनमा जनताको सहभागिता किन आवश्यक छ ?
    मुलुकमा बढ्दै गएको हत्या हिँसा, बलात्कार, अराजकताका विरुद्ध, मुलुकलाई विधिको शासनमा ल्याउनका लागि र मुलुक ब्यक्तिको हैन विधिको शासनबाट चल्नुपर्छ भन्ने मान्यता स्थापित गराउन जनताले यो आन्दोलनमा सहभागीता जनाउन आवश्यक छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…