• काठमाडौं । आफूसंग केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको सहमति अनुसार नै चिकित्सा शिक्षा विधेयक ल्याउन माग गर्दै आमरण अनसनमा रहेका सत्याग्रही डा गोविन्द केसीको स्वास्थ्य थप कमजोर भएको छ ।

    १६ औं दिनदेखि अनसनरत डा केसीलाई फेरि कुनै पनि समय आइसीयुमा लगेर उपचार गराउनु पर्ने अवस्था आउन सक्ने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

    डा केसी पुस २५ गतेदेखि आमरण अनसनमा छन् ।

    सरकारी पक्षले सुनकै छैन
    १६ दिनसम्म सरकारले डा केसीबारे जानकारी नै नभएझैं गरिरहेको छ । डा केसी आमरण अनसन नबसेझै गरिरहेको छ ।

    सरकारी पक्षले वार्ताका लागि कुनै पहल गरेको छैन । आरोप प्रत्यारोपमात्र गरिरहेको छ ।

    माग पूरा भइसकेको भन्दै खुशीयाली मनाउने बेलामा अनसन बस्नु राम्रो नहुने भन्दै डा केसीले गलत गरेको सरकारी प्रतिनिधिहरुले भन्दै आएका छन्

    पाँच प्रतिशत नै डा केसीको मागको मुटु हो – वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी
    सरकारले डा गोविन्द केसीका मागलाई पूरा गर्नुपर्छ । १५ औं सत्याग्रहमा सरकारले आफैले गरेका सहमतिलाई पालना गर्नुपर्छ ।

    निकास निकाल्नुपर्नेमा सरकारका केही मान्छेहरु डा केसी विरुद्ध उत्रिरहेका छन् । सबै माग पूरा भएका छन् भन्नु भ्रम छर्नुमात्र हो ।

    काठमाडौं बाहिर सम्बन्धन दिने सम्बन्धमा डा केसीको सहमति विरुद्ध विधेयक ल्याउन खोजिँदैछ । सम्झौता विरुद्ध छ । सम्बन्धन दिन ऐन लागु नहुने भन्ने छ । स्वार्थनिहीत छ ।

    दम्भले मुलुक चलाउने कि उत्तरदायी सरकार भएर मुलुक चलाउने ? सहमति एउटा गर्ने र सरकार अर्कै तरिकाले चलाउने पनि कहीं उत्तरदायी हुन्छ ?

    एउटा मानिसको मुटु निकालेपछि शरीर त छ नि भनेर हुन्छ र ? उहाँले मुख्य कुरा नै हटाइदिनु भएको छ ।

    ९५ प्रतिशत माग पूरा भयो भनेर भन्नु नै गलत हो । पाँच प्रतिशत नै मुटु हो डा गोविन्द केसीको ।

    जहाँबाट उभियो त्यहींबाट विधेयक पारित गर्छौं भन्नु अराजकता हो । सांसदहरुले यसरी बोल्नु अराजक भयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…