• मेचीनगर । ट्राफिक प्रहरी कार्यालय चारआलीमा कार्यरत प्रहरी सहायक निरिक्षक राजकुमार बस्नेत पुस महिनाको उत्कृष्ट ट्राफिक प्रहरीका रुपमा सम्मानित भएका छन् ।
    इलाका प्रहरी कार्यालय पशुपतिनगरमा दरवन्दी भइ हाल चारआलीमा कार्यरत ट्राफिक प्रहरी बस्नेतलाई जिल्ला प्रहरी कार्यालय झापाले उत्कृष्ट प्रहरीका रुपमा सम्मान गरेको हो ।

    बस्नेतले चारआली क्षेत्रको ट्राफिक व्यवस्थापन, सवारी दुर्घटना न्यूनिकरणमा खेलेको भूमिका, विभिन्न संघसंस्थाहरुसँगको सहकार्यमा गरेका विभिन्न अभियान, विभिन्न विद्यालयहरुमा गएर सचेतना मुलक कार्यक्रम आयोजना तथा यस क्षेत्रका व्यवसायी तथा राजनीतिक दलहरुसँगको सहकार्यमा चारआली क्षेत्रका पूर्व पश्चिम राजमार्गको अतिक्रमणलाई व्यवस्थापन गर्न खेलेको भूमिकाको मुल्याङकन गर्दै उत्कृष्ट प्रहरीका रुपमा सम्मान गरिएको हो ।

    शालिन स्वभाव, सरल व्यक्तिव र सबैसँग घुलमिल हुन सक्ने क्षमता भएका असही बस्नेत प्रहरी वृतमा समेत अनुशासित प्रहरीका रुपमा रहेका छन् । आफुलाई दिएको कामलाई कुशलता पूर्वक सम्पन्न गर्ने बस्नेत आएपछि चारआली बजार क्षेत्रको ट्राफिक व्यवस्थापनमा महत्वपूर्ण परिवर्तन भएको छ ।










सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…