• काठमाडौं, ११ माघ । करिब ८ महिनाअघि एकीकरण भएको तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीचको नेकपाको तल्लो तहको पार्टी कमिटीलाई एकता गराउन गठन गरिएको कार्यदलले एकताको खाकासमेत तयार पार्न सकेको छैन ।

    तल्लो तहको कमिटीलाई एकता गर्न विभिन्न कमिटीहरू गठन गरिए पनि दलगत स्वार्थले गर्दा र व्यक्तिगत स्वार्थले गर्दा पछिल्लो पटक गठन गरिएको ९ सदस्यीय कार्यदलले समेत एकताको ठोस खाका तयारपार्न सकेको छैन ।

    केन्द्रीय नेताहरूको कार्य विभाजनको प्रस्ताव तयार पार्न १० दिनको समय सीमा दिएर कमिटी गठन गरिएको भए २५ दिन वितिसक्दा पनि प्रस्ताव तयार भएको छैन ।

    पछिल्ला दिनहरूमा त कार्यदलको बैठकसम्म बस्न सकेको छैन । एकताको प्रक्रिया कसरी टुँग्याउने भन्ने विषयमा कार्यदलमा रहेका सदस्यहरू नै एकमत हुन सकेका छैनन् ।

    कार्यदलको संयोजकमा गृहमन्त्री रामबहादुर थापा रहेका छन् । नेपाल कम्युनिष्ट पार्टीमा बाहिरै देखिने गरी तीन गुट रहेका छन् भने अन्य नेताहरूका समेत गुट उपगुट रहेका छन् ।

    नेकपाको आगामी महाधिवेशनबाट नेतृत्व हत्याउने रणनीतिका साथ तीन गुटले आ आफ्नै ढँगले काम अघि बढाउँदै आएका छन् ।

    तीन गुटको नेतृत्व पार्टी अध्यक्ष केपी ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले गरिरहेका छन् ।

    ती गुटभन्दा बढी नेता तथा कार्यकर्ताहरूलाई आफ्नो गुटमा समेट्न चाहि रहेका छन् । बढी भन्दा बढी नेता तथा कार्यकर्तालाई आ आफ्नो गुटमा सामेल गराउन सके आगामी महाधिवेशनमा नेतृत्व हत्याउन सकिने भएकाले पनि एकताको प्रक्रिया अघि बढ्न सकिरहेको छैन ।

    पार्टी अध्यक्ष ओली सचिवालय प्रदेश कमिटीको निर्णय गरी सकेकाले त्यसलाई हुबहु कार्यान्वयनमा लैजान चाहिरहेका छन् । दोहोरो कार्यकारी जिम्मेवारी नदिने सचिवालयको निर्णयलाई समेत उल्टाएर प्रदेश नं. ५ र गण्डकी प्रदेशमा ओली पक्षले मुख्यमन्त्रीसमेत रहेका नेतालाई पार्टी प्रदेशको इन्चार्ज बनाएका छन् ।

    त्यसमा ओली हलचल गर्ने पक्षमा देखिएका छैनन् । माधव नेपाल पक्षले भने दोहोरो कार्यकारी जिम्मेवारी दिन नहुने भन्दै फरक मत राख्दै आएका छन् । माधव नेपालले नै त्यस पक्षको नेतृत्व गर्दे आएका छन् ।

    नेपाल पक्षले प्रदेश कमिटी सदस्यहरूमा समेत असहमति जनाउँदै आएको छ । त्यसमा पुनविचार गर्नुपर्ने माग नेपाल पक्षले गरेका छन् । नेकपाको विधानमा प्रदेश कमिटी सदस्य बन्न पार्टी सदस्य भएको आठ वर्ष हुनुपर्ने व्यवस्था भएपनि त्यसलाई उल्लंघन गरिएको नेपाल पक्षको भनाई रहेको छ ।

    अन्य पार्टीबाट प्रवेश गरेकाहरूलाई मनोनितको विशेष व्यवस्था गरेमात्र नियुक्ति गर्नुपर्ने माग अघि सार्दै आएको छ भने ओली पक्षले विशिष्ठ परिस्थितिमा प्रदेश कमिटी चयन भएकाले रप्रदेश कमिटीको बैठक समेत बसी सकेकाले त्यसमा पुर्नविचार हुन नसक्ने अडान लिएको छ ।

    त्यसै विषयमा विवाद बढेपछि कार्यदल संयोजक थापा र महासचिव विष्णु पौडेलले अध्यक्षद्वयसँग परामर्श गर्नुपर्ने भन्दै बैठक स्थगित गर्दै आएका छन् । ओली पक्षले टुँगिसकेका नाममा विवाद नगर्न निर्देशन दिएको छ ।

    तर, नेपाल पक्षले त्यसमा असहमति जनाएपछि विधान नै संशोधन गरी कमिटीको आकार बढाउने गरी कार्यदलले प्रस्ताव तयार गरिरहेको छ । यस विषयमा ओली र पुष्पकमल दाहालसमेत सहमत भएका छन् । यस विषयमा दाहाल पक्षको पनि स्वार्थ लुकेको छ ।

    दाहाल पक्षले पहिला नै एकताको क्रममा आफ्नो जम्बो पोलिटव्यूरो सदस्यलाई प्रदेश कमिटीमा समावेश गर्ने नीति लिएको भएपनि त्यसो नहुँदा धेरै नेताहरू छुटेका छन् ।

    प्रदेश कमिटीमा १० प्रतिशतसम्म सदस्यहरू थप गर्न सकिने बताएपछि दाहालले त्यसमा आफ्ना पक्षबाट पनि केही थपिने आसमा दाहाल रहेका छन् ।

    कार्यदलले निश्चित समय काम गर्न नसकेको कही नेताहरूले त्यसमा आशंका समेत जनाएका छन् । यसरी एकीकरण भएको एक वर्ष नपुग्दै नेकपाभित्र असन्तोषका स्वरहरू सुनिँदै आएको र पार्टीभित्र गुट र उपगुट सक्रिय भएकाले नेकपा भित्रको असन्तोषको भुसको आगो विस्तारै सडकमै छताछुल्ल हुन सक्ने सम्भावना समेत बढेको छ ।

    नेकपाका अर्का वरि ष्ठ नेता झलनाथ खनालले त एकीकरणको खाका तयार गर्न बनेको कार्यादललाई प्रधानमन्त्रीबाट सहयोग नै नभएको आरोप समेत लगाउँदै आएका छन् ।

    कार्यदलमा रहेकाहरूमध्ये ओली पक्षमा महासचिव विष्णु पौडेल, शंकरपोखरेल र रघुवीर महासेठ र हेका छन् भने दाहाल पक्षमा सचिवालय सदस्य एवं कार्यादल संयोजक रामबहादुर थापा, वर्षामान पुन रलेखराज भट्ट रहेका छन् भने माधव नेपाल पक्षमा सरेन्द्र पाण्डे, योगेश भट्टराई र बेदुराम भुसाल रहेका छन् ।

    कार्यदलमा तत्कालिन नेकपा एमालेका ६ जना र माओवादी केन्द्रका तीन जना मात्र रहेका हुनाले पनि कार्यदलले काम गर्न सकिर हेको छैन ।

    कार्यदलले काम गर्न नसकेको बताए पनि आगामी महाधिवेशनबाट नेतृत्व हत्याउने खेल अहिलेबाटै ओली, दाहाल र नेपालले सुरु गरिरहेका हुनाले त्यसको असर कार्यदलमा समेत परेको नेताहरूले बताउँदै आएका छन् । अभियान साप्ताहिकका साथमा ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…