•  

    काठमाडौँ, ११ माघ । वाइडबडी जहाज खरिद काण्डमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको समेत नाम जोडिएपछि पार्टी भित्र हल्लिखल्लि मच्चिएको छ ।

    मुलुकको इतिहासमै सबैभन्दा ठूलो भ्रष्टाचार काण्डका रुपमा वाइडबडी विमान खरिद प्रकरणलाई लिइएको छ ।वाइडबडी विमान खरिद प्रकरणमा आफ्नो संलग्नता नरहेको कुरा देउवाले संसद्मा प्रष्ट पारिसकेका छन् ।

    काँग्रेस सभापति देउवालाई हिलो छ्यापेर वाइडबडी विमान खरिद प्रकरणलाई ओझेलमा पार्न खोजेको जानकारहरुले बताएका छन् ।

    २०७४ जेठ २३ गते पुष्पकमल दाहाल नेतृत्वको सरकारले राजीनामा दिएपछि ०७४ जेठ २४ गते देउवा प्रधानमन्त्री भएका थिए । यो पनि पढ्नुहोस् : वाइडबडी प्रकरण : निधी सांसद त होइनन्, तर पनि ...

    मन्त्रिमण्डल विस्तार भइनसकेको अवस्थामा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत जिम्मेवारी देउवाले नै सम्हालेका थिए ।

    सरकार गठन हुना साथ सटही सुविधा दिएका कारण देउवाको पनि वाइडबडी विमान खरिद प्रकरणमा संलग्नता रहेको आशंका गरिएको छ । देउवाको नाम जोडिएपछि काँग्रेसमा गुटको खेती गर्नेहरु मख्ख परेको समाचार स्रोतले जानकारी दिएको छ ।

    देउवालाई बात लाग्दा उनकै गुटका विमलेन्द्र निधि र संस्थापन इतर पक्षका वरिष्ठ नेता रामचन्द्र पौडेल तथा कृष्णप्रसाद सिटौलाहरु सल्बलाउन थालेको काँग्रेस वृत्तमा चर्चा चलेको छ ।

    पार्टीको माघ १० गते बस्ने केन्द्रीय समितिको बैठकमा पनि वाइडबडी काण्डमा देउवाको विषय उठ्ने बताइएको छ ।

    आगामी १४ औं महाधिवेशनमा पुनः सभापति बन्ने सोच र तयारी गरेका देउवालाई वाइडबडी काण्डले दाँतमा ढुङ्गा लाग्ने काँग्रेसका जानकारहरुले बताएका छन् तथापी सरकारले यो काण्डमा मुछिएका कसैलाई पनि कारबाही नगर्ने बताएको छ ।

    वाइडबडी विमान खरिद काण्डमा प्रतिपक्ष दलको आक्रोश मत्थर पार्न तिर देउवामाथि सोझ्याइएको चर्चा चलेको,नयाँ विमर्शमा उल्लेख छ ।

    वास्तविकता जे भएपनि काँग्रेस माथिको आक्रमणलाई नेताहरुले दूधको दूध पानीको पानी हुनुपर्ने बताएपछि देउवाको आगामी राजनीतिक यात्रा त्यति सहज नभएको समाचारमा उल्लेख गरिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…