कुमार खड्का माघ ११,पथरी
मोरङको सुन्दरहरैचा नगरपालिकाको विराटचौकमा आगमी फागुनमा फुटसल प्रतियोगिता हुने भएको छ ।
स्थानिय प्लानेट रिक्रिएशन सेन्टर बिराटचौकको आयोजनामा फाल्गुन १ गतेदेखि ३ गते सम्म प्रथम सुविजीमुर मेमोरियल पूर्वाञ्चल स्तरीय अन्तर माबि फुटसल फाल्गुन ९ गते देखि ११ गते सम्म प्रथम खुल्ला ( ५ ए साईड ) नकआउट फुटसल प्रतियोगिता आयोजना हुन लागेको आज (शुक्रवार) आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिएको छ ।
२०७५ साल श्रावण ९ गते देखि सञ्चालनमा आएको सो सस्थाले पहिलो पटक एकै चोटी २ वटा खेल फरक–फरक मितिमा आयोजना गर्न लागेको प्लानेटका संचालक समिर वस्नेतले जानकारी दिएका छन् । निकट भबिष्यमा पनि अन्य कार्यक्रमहरुको आयोजना गर्दै लगिने उनले बताएका छन् ।
अन्तरमाध्यमिक बिध्यालय खेल प्रतियोगिताको मुख्य प्रायोजकका रुपमा स्थानिय सुविजीमुर मेमोरियल माध्यमिक बिधालय रहेको बताइएको छ । सो खेलमा विधालय स्तरबाट ४० टिम र खुल्ला तर्फ ४० टिमको सहभागिता रहने बताईएको छ ।
प्रथम सुविजीमुर मेमोरियल पूर्वाञ्चल स्तरीय अन्तर माबि फुटसल प्रतियोगिता को प्रथम पुरस्कार नगद २५ हजार बराबरको अध्ययन तथा खेल सामाग्रि सहित ट्रफि र प्रमाणपत्र, दोस्रो पुरस्कार १५ हजार बराबरको अध्ययन तथा खेल सामाग्रि सहित ट्रफि र प्रमाणपत्र , सर्वोत्कृष्ट खेलाडिलाई नगद ३ हजार बराबरको खेल सामागि र प्रमाणपत्र, सर्वाधिक गोलकर्तालाई नगद २ हजार ५ सय बराबरको खेल सामाग्रि र प्रमाणपत्र, प्रत्येक खेलबाट उत्कृष्ट खेलाडिलाई मेडल र प्रमाणपत्र र अनुशासित टिमलाई ट्रफि र प्रमाणपत्र र प्रदान गरिने आयोजकले जनाएको छ ।
यस्तै प्रथम खुल्ला ( ५ ए साईड ) नकआउट फुटसल प्रतियोगिता २०७५ को प्रथम पुरस्कार नगद ४० हजार सहित ट्रफि र प्रमाणपत्र,दोस्रो पुरस्कार नगद २५ हजार सहित टफ्रि र प्रमाणपत्र, सर्वोत्कृष्ट खेलाडिलाई नगद ५ हजार र प्रमाणपत्र, सर्वाधिक गोलकर्तालाई नगद २ हजार ५ सय र प्रमाणपत्र, प्रत्येक खेलबाट उत्कृष्ट खेलाडिलाई मेडल र प्रमाणपत्र र अनुशासित टिमलाई ट्रफि र प्रमाणपत्र प्रदान गरिने फुटसल खेलका संयोजक उत्सव थापाले जानकारी दिए ।
यसै वर्ष देखि वार्षिक रुपमा खेलकुद क्षेत्रमा पु¥याएको योगदान वापत कुनै एक व्यक्ति वा संस्थालाई नगद ५ हजार १ सय र प्रमाणपत्र सहित सम्मान समेत गरिने थापाले बताए ।
खेलमा जर्सि प्रदान गरिदिने बिराटचौक कार्की ज्वलर्सका संचालक दिनेश कार्की,ए.ईं ग्लोबल इटहरीका प्रमुख अर्जुन गजुरेल लगायतलाई धन्यवाद ज्ञापन गरिएको थियो ।