काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टीनिकट अखिल क्रान्तिकारीले एनसेलको ७२ अर्ब कर छली विरुद्ध सडक संघर्ष चर्काउने भएको छ ।
अखिल क्रान्तिकारीको हालै सम्पन्न केन्द्रीय सचिवालय बैठकले सो निर्णय गरेको बताइएको छ । अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकालका अनुसार हालै सम्पन्न केन्द्रीय सचिवालय बैठकले गरेका निर्णयहरु यस प्रकार रहेको छ –
१) माघ १५ गते काठमाडौँ-उपत्यका, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय र सिटीभिटीले संयुक्त विरोध प्रदर्शन गर्ने ।
२) माघ १७ गते, मेची क्षेत्रीय समन्वय समिति, राप्ती क्षेत्रीय समन्वय समिति, जनकपुर क्षेत्रीय समन्वय समिति र लुम्बिनी क्षेत्रीय समन्वय समितिले विरोध प्रदर्शन गर्ने ।
३) माघ १८ गते महाकाली क्षेत्रीय समन्वय समिति, पश्चिम ताम्सालिङ क्षेत्रीय समन्वय समिति र गण्डक क्षेत्रीय समन्वय समितिले विरोध प्रदर्शन गर्ने ।
४) माघ २१ गते पूर्वी ताम्सालिङ क्षेत्रीय समन्वय समिति, सेती क्षेत्रीय समन्वय समिति र धौलागीरी क्षेत्रीय समन्वय समितिले विरोध प्रदर्शन गर्ने ।
५) माग २३ गते भेरी क्षेत्रीय समन्वय समिति, सगरमाथा क्षेत्रीय समन्वय समिति, नारायणी क्षेत्रीय समन्वय समिति, कर्णाली क्षेत्रीय समन्वय समितिलगायतले विरोध प्रदर्शन गर्ने ।