• काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका प्रधानमन्त्री खड्ग प्रसाद ओली स्वीट्जरल्याण्डमा आयोजित विश्व आर्थिक मञ्चको ४९ औं बैठकमा सहभागी भएर शनिबार बिहान स्वदेश फर्किएका छन् । उनलाई विमानस्थलभित्रै नेविसंघ कार्यकर्ताहरुले कालो झण्डा देखाएका छन् ।

    स्वीट्जरल्याण्डको डाबोस शहरमा आयोजित उक्त बैठकमा भाग लिन प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल गत आइतबार राति त्यसतर्फ प्रस्थान गरेको थियो ।

    विमानस्थलको आन्तरिक टर्मिनल नजिकै नेविसंघका कार्यकर्ताहरुले प्रदर्शन गर्न थालेपछि प्रहरीले नियन्त्रणमा लिएका थिए । नेविसंघले चिकित्सा शिक्षा विधेयकको विरोधमा सरकारविरुद्ध प्रदर्शन गर्दै आएको छ ।

    प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, सभामुख कृष्णबहादुर महरा लगायतले विमानस्थल पुगेर स्वागत गरेका थिए ।

    विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले डा। गोविन्द केसीले जारी राखेको अनशनको औचित्य नभएको प्रतिक्रिया दिएका छन् । चिकित्सा शिक्षा विधेयक संसदबाट पारित भएपछि डा। केसीले प्रधानमन्त्रीको राजीनामा मागेका थिए ।

    एयरपोर्टकै अति संवेदनशिल क्षेत्रमै प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने नेविसंघका नेताहरु शुसिल भट्ट, निरञ्जन थापा, सुवास घिमिरे र सुदिप अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…