कुमार खडका माघ १२,पथरी
कांग्रेस महासमिति सदस्य डाक्टर सुनील शर्मा संसदीयको निर्वाचनमा मोरङ ३ बाट नेपाली कांग्रेसका उम्मेद्वार वनेका नोवेल अस्पतालका निर्देशक डाक्टर हुन उनै शर्माले लामो समय देखी स्थानिय क्षेत्रमा बसोवास गर्ने जनतालाई उनिहरुको दुःख–सुःख मा साथ दिदै आएका छन् ।
 
चुनाव ताका ‘गाउँ गाउँमा नोवेल घर–घरमा उपचारका लागि डाक्टर’ भन्ने नारा लिएर हिडेका डाक्टर शर्माले नारालाई केवल चुनावी नाराका रुपमा मात्र सिमित वनाएनन् उनले त्यो नारको सम्मान र महत्वलाई सार्थकता दिन चुनावमा उप विजेता वनेता पनि आफ्नो कर्तव्य बाट कति पनि विचल्ली नभई निरञ्तर मानविय सेवामा लागि रहे ।
बेला बखतमा विभिन्न समुदायले डाक्टर शर्माको यो सेवालाई पहिलो निर्वाचनमा पराजित भएपछि दोस्रो निर्वाचनमा मत आफ्नो पक्षमा पार्नका लागि गरिएको क्षेत्रात्मक सेवा भनि रहेता पनि पछिल्लो समयमा डाक्टरले त्यसको जवाफ वचनले होईन आफ्नो कर्मले दिन थालेका छन् ।
 
 
समाजलाई सधैं राजनीतिक दृष्टिले मात्र हेर्नु हुँदैन भन्ने गज्जबको उदाहरण पछिल्लो समय डाक्टर शर्माले गरेको मानविय सेवाको कामले प्रष्ट पारेको छ । अहिले डाक्टर शर्मालाई बिरामीको उपचार गर्न न भूगोलले छेकेको छ,नत राजनैतिक सिमाले नै रोकेको छ डाक्टर शर्मा यति वेला यि सवै कुराहरु भन्दा माथि उठेर मानविय सेवामा सर्मपित भएका छन् ।
डाक्टर अहिले सबैका प्रिय पात्र बनेका छन् । सोही क्रममा उनले गत बुधबार मोरङको पथरीशनिश्चरे ६ का चन्द्रबहादुर राईलाई उपचार गर्न आफु स्वयम उपस्थित भएर नोवेल अस्पताल भर्ना गराए ।
नोवेलले विरामी राईलाई लाग्ने समुपूर्ण उपचार, औषधी खर्च यति सम्म कि बेसाहार राई लाई अस्पताल आफैले उनको रेखदेखका लागि कुरुवाको समेत व्यावस्थापन गरि बुधबार बाट नै निशुल्क उपचार सुरु गरेको डाक्टर शर्माले बताए ।
पथरीशनिश्चरे नगरपालिका वडा नम्वर ६ मा बसोवास गर्दै आएका ४३ वर्षीय चन्द्रबहादुर राई विगत २ महिना देखी ओछ्यानमा थलिएर बसिरहेको अवस्थामा बुधावर शर्मा र स्थानिय वडाका वडा अध्यक्ष जय वहादुर तामाङको पहलमा डाक्टर शर्माले घरमै आएर राईलाई उपचारका लागि उठाएका हुन ।
 
सो क्षेत्र नत उनको निर्वाचन क्षेत्र पर्छ, न त राई उनको चुनाव चिन्हमा मत हाल्ने मतदाता नै हुन् तर पनि वडा अध्यक्षको पहलमा डा शर्मा अफै उपस्थीत भएर राईको उद्घार गर्दै आरोप लगाउने हरुलाई गतिलो जवाफ दिदै मानविय सेवामा कुनै भुगोल,जात,वर्ग,समुदाय,लिङ्ग,वर्ण,पार्टी हुदैन भन्ने जावाफ दिएका छन् ।
१२ वर्षको कलिलो उमेरमा आमा वुवा दुवै गुमाएको सुनाउदै राईले टिप्लीक्क आखाका डिमा आसुका थोपाहरु चुहाउदै भने –“श्रीमती र दुई छोरी त छन् तर उनीहरूले पनि माया मारे । कहिल्यै फर्किएर आएनन् ।” श्रीमती र दुई छोरीले छोडेपछि उनी हाल कष्टपूर्ण जीवन बिताइरहेका छन् । हाल उनि थलिदा तातोपानी सम्म दिने कोही छैनन् ।
रातमा जुन–तारा देखिने छानो,हिउदको चिसो सिरेटो पनि छेक्न नसक्ने घरका भित्ताहरुमा वासको खाटमा फोहोरले लतपतिएको एउटा पातलो खास्टो अनि २÷४ वटा कुच्चीएका सिल्भरका थाल भाडा वाहेका उनको भन्नु अरु केहि छैन । घरमा एक्लै बस्दै आएका राई रोगको उपचार गर्ने पैसा नभएपछि पीडा र दुख भुलाउन रक्सी पिउने गरेको मलिन स्वारमा सुनाए ।
केहि समाय आगाडी राईको दाहिने कानको छेउमा खटिरा निस्किएको थियो । त्यही खटिरा अहिले फुटेको छ । खटिरा फुटेको मात्र छैन घाउमा कीरा समेत परिसकेको छ । स्याउँ स्याउँ कीरा परेको घाउ त्यसको दुखाई र आफन्तले छोडेपछि उनी रोएर दैनिकी बिताउँदै आएका थिए ।
राईको घाउले गाउँमा दुगन्र्ध फैलाउन थालेपछि एक साता यता राईको नजिक पुग्न पनि गाह्रो हुन थालेको स्थानीय ज्ञानबहादुर बस्नेतले बताए । राईको पीडादायी अवस्थाको सूचना छिमेकीहरूले मङ्गलबार सोही वडाका वडाध्यक्ष जयबहादुर तामाङ समक्ष पु¥याएका थिए ।
वडाध्यक्ष तामाङको पहलमा नोवेल शिक्षण अस्पताल विराटनगरले बुधबार एम्बुलेन्स ल्याएर उपचारका लागि अस्पताल लगेको हो । डाक्टर शर्माले पछिल्लो १ वर्षमा एक हजार बढी अति विपन्न बिरामीलाई घरबाटै अस्पताल लगेर उपचार गरेको बताए।
वडाध्यक्ष तामाङले भने –उपचार खर्च दिने कोष वडा कार्यलयमा नभएकोले डाक्टर शर्मासँग सहयोग मागेको वताए । डाक्टर सुनील शर्माले आफुले विरामीको वारेमा जानकारी गरएपछि डाक्टर शर्मा स्वयम आफ नै आएर विरामीलाई घर वाटै उठाएर अस्पताल लगेको वडाअध्यक्ष तामाङले भने ।
 
                                
 
                                                    
                                                 
                            
                         
                            
                         
                            
                        