झापा । सुनसरिको ईटहरीमा जारि मदन भण्डारी स्मृति अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उद्घाटन खेलमा झापा बाट सहभागि मेची नेत्रालय काकरभिट्टा ट्रेनिङ् सेन्टर विजयी भएको छ । आज भएको निक्कै प्रतिस्पर्धात्मक खेलमा ट्राईब्रेकर मार्फत ४–३ गोल अन्तरले पाहुना टोली दाफिन्स फुटबल टिम क्यामरुन लाई पाखा लगाउदै मेची नेत्रालय ट्रेनिङ सेन्टर झापा सेमिफाईनल प्रवेश गरेको छ ।
आजको खेलमा मेची नेत्रालयका लागि गोल किपर दिप कार्की, निरज बस्नेत, बिकास राई र निराजन खड्काले गोल गरे , क्यामरुनका २ खेलाडिको प्रहारलाई ट्रेनिङ सेन्टरका किपर कार्कीले बिफल बनाई दिदा पाहुना टोली प्रतियोगिता बाट बाहिरिन पुग्यो ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका झापाका गोल रक्षक दिप कार्की आजको खेलको म्यान अफ दि म्याच घोषित हुदै नगद रु १० हजार प्राप्त गरेको ट्रेनिङ सेन्टरका सचिब अशोक राईले जानकारि दिनुभयो । मेची नेत्रालय काकरभिट्टा ट्रेनिङ् सेन्टरको टिम मेनेजरमा पेम नेर्वु शेर्पा रहनु भएको छ भने टिम कोचमा सेन्टरका अध्यक्ष मिन बस्नेत हुनुहुन्छ ।
प्रतियोगितामा क्यामरुन र भुटानको गरी २ वटा विदेशी टिम सहित विभागीय टिम नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, मनाङ मस्र्याङदी क्लब, थ्री स्टार क्लब, मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर र आयोजक राष्ट्रिय जागृति क्लब सहभागी छन् ।
सो गोल्डकप विजेताले नगद १६ लाखसहित ट्रफी र उपविजेताले नगद ८ लाखसहित ट्रफी पाउने भएका छन् । प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने आज एक कार्यक्रमका बिच गर्नु भएको थियो ।