कुमार खड्का माघ १३ पथरी
पथरीशनिश्चरे नगरपालिकाका आर्किटेक इन्जिनियर अरुण क्षेत्री घिमिरे माथी लागेको आरोप प्रति सत्यतथ्य छानविन गर्न गठित समितिले अनुसञ्धानको समुर्ण पाटो सकेर यहि माघ १७ गते भित्र आफ्नो प्रतिवेदन नगर कार्यपालिका पेस गर्ने भएको छ ।
एक महिना लामो अनुसञ्धान पछि सो समितिले आगामी ३ दिन भित्रमा समितिको प्रतिवेदन पेश गर्ने समितिका सदस्य तथा वडा नम्वर २ का वडा अध्यक्ष याम प्रसाद गु्रागाईले जानकारी दिएका छन् ।
आर्किटेक इन्जिनियर क्षेत्री बिरुद्ध विभिन्न पत्रपत्रिकामा कन्सल्टेन्सीहरुको काममा ढिलाई गर्ने, सेवाग्राहीले घरनक्सा पास सम्बन्धि धरौटी फिर्ता गर्न आलटाल गर्ने गरेको समाचार प्रकासन भएको थियो ।
पीडित सेवाग्राही र कन्सल्टेन्सीले गत मंसिर २५ गते स्थानिय मनोहर पार्कमा पत्रकार सम्मेलनको आयोजना गरी आर्किटेक इन्जिनियरको गतिविधि बाहिर ल्याएका थिए ।
नगरपालिकाका आर्किटेक इन्जिनियर अरुण क्षेत्री घिमिरेको काम कारवाहीमाथि ग्रिनल्याण्ड कन्सल्टेन्सीका सञ्चालक हेमन्त विष्टको नेतृत्वमा ६ वटा कन्सल्टेन्सीहरुले पत्रकार सम्मेलन गरी नगरपालिकामा उजुरी गरेका थिए । ग्रिनल्याण्ड इन्जिनियरिङ संचालक हेमन्त विष्ट, सिड प्लान इन्जिनियरिङ संचालक मानवहादुर दियाली, सिल्भर एण्ड क्याड इन्जिनियरिङ सन्तोष गुुरागाई, ग्लोबल ऐटुजेट संचालक भीमकुमार बस्नेतलगायतले हस्ताक्षर गरि उजुरी नगरपालिका प्रमुख दिलिप कुमार राईलाई कार्यकक्षमा नै गएर बुझाएका थिए ।
त्यसपछि नगरले एक हप्तामा प्रतिबेदन पेस गर्ने गरि समिती गठन गरे पनि समितीले एक पछि अर्को म्याद थप्दै आर्किटेक इन्जिनियर अरुण क्षेत्री घिमिरे माथि लागेको आरोपको वारेमा विभिन्न पालीकाका सम्वधित क्षेत्रमा काम गर्ने प्राविधिक हरुको सहकार्य तथा छानविन समितिको सकृयतामा पिडित र आरोपि कन्सल्टटेन्सिहरुका संचालक हरुसग विभिन्न चरणमा गरेको छानविनको प्रतिवेदन आगामी ३ दिन भित्रमा वुझाउने तयारी गरेको छ ।
यता छानबिन समिती गठन भएर क्षेत्रिमाथीको आरोपका वारेमा छानविन गरिरहेता पनि आर्किटेक इन्जिनियर क्षेत्री नगरको काम गरिहरेका छन । छानबिन समिती बने पछि प्रतिबेदन नबुझाए सम्म छानविनमा परेका कर्मचारीलाई समितीले रोक लगाउनु पर्नेमा प्रतिबेदन नै नबुझाई आलटाल गरिएको छ ।
नगरपालिकाले वडा नम्बर १ वडाध्यक्ष वाबुराम एङ्देन, वडा नं २, का वडाध्यक्ष यामप्रसाद गुरागाईं, वडा नं ४ का वडाध्यक्ष गोविन्दवहादुर भण्डारी र वडा नं ८ का वडाध्यक्ष बाबुराम दाहाल रहेको ४ सदस्यीय छानविन समिति बनाई सत्यतथ्य प्रतिवेदन ल्यान जिम्मा लगाएको थियो ।
वडा नं ४ का वडाअध्यक्ष गोविन्दवहादुर भण्डारी र वडा नं ८ का वडाअध्यक्ष बाबुराम दाहालका अनुसार छानविन समितिले तीन चरणको काम सकेको र अव नगपालीकामा भएको सिसिटिभि फुटेज हेर्न मात्र बाँकी रहेको र सो भोली (सोमवार) हेरिसकेपछि भोली बाटै प्रतिवेदन लेखनको काम अगाडि बढाएर आगामी माघ १७ गते भित्रमा कार्यपालीका वुझाउने प्रतिवद्घता जाहेर गरेका छन् ।
आर्किटेक इन्जिनियरको गतिविधिलाई छानविन गर्ने हो भने इन्जिनियरको कार्यकक्षमा भएको सिसिटिभिको फुटेज, कुन घर कुन इन्जिनियरले नक्सा कोरेको हो ?, उनि नियुक्ती भए पछिका कुन कन्सल्टेन्सी द्धारा सिफारि भएको र हाल १ नम्वर वडामा निर्माण भएका घरहरु मापदण्ड अनुसार छ छैन भन्ने कुराले प्रस्ट दर्साउछ ।
नगरका आर्किटेक इन्जिनियर भएर इन्जिनियर घिमिरेले अफिस नै राखेर कन्सल्टेन्सी संचालन गरेको र त्यस पछि झोलामा काम गर्ने तथ्य भेटिएको छ
जतिखेर इन्जिनियर घिमिरेले महिनाको ढेड लाख सम्म आर्जन गर्ने उनकै कन्सल्टेन्सीमा महिनावारी तलब खाएर काम गर्ने विजय धिमाल बताउँछन् । ढिलो मात्र भएको हो, त्यति खेरपनि सेवा ग्राहीमा उतिकै समस्या आएको धिमाल बताउँछन् ।
यस बारेमा नगरपालिकाका प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमले छानविन समितिले ल्याएको निर्णय नै अन्तिम हुने बताउर्दै आएको छन् । नगरको कर्मचारी गलत भए कार्यबाही गरिने र कल्सेन्टेन्सीहरु गलत भए कालो सुचिमा राखिने प्रशासकीय अधिकृत गौतमले बताए ।