• दीप खादी लिम्बू,
    क्वालालम्पुर-जनवरी २७

    क्वलालाम्पुर स्थित होटल भाईभ एलिमेन्टमा अाईतबार भव्य समारोहबीच नेपाल अादिवासी जनजाति महासंघ मलेसियाको चौथो अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ।महासंघका सदस्य तथा नेपाल मगर संघ मलेसियाका उपाध्यक्ष बेग अालेमगरले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथिमा महासंघका पुर्ब अध्यक्ष दिपक तामाङ बम्जन रहेका थिए भने विशेष अतिथिमा गैर आवसिय नेपाली संघमलेशियाका उपाध्यक्ष टेक धिक्त रहेका थिए।

    कार्यक्रममा अतिथ तथा समाजसेवी बुधराज योङ्हाङ नेपाली जनप्रगतिशिल मञ्च मलेसियाका अध्यक्ष प्रेम पाण्डे ,नेपाली काङ्ग्रेस जनसम्पर्क समिति मलेशियाका महामन्त्री योगेन्द्र कोइराला तथा अन्तर्राष्ट्रिय रेफ्री योगेन्द्र कोईराला , ताप्लेजुङ सेवा समाजका अध्यक्ष भुपेन्द्र मावो, नेपाल अादिवासी जनजाति पत्रकार महासंघ मलेसियाका उपाध्यक्ष दिप लिम्बूले शुभकामना मन्तव्य राखेका थिए।

    केही महिना अघि संघका पूर्व अध्यक्ष पिटी सेर्पा पिनासा लाई ठगिको अभियोग लागेपछि समितिको अाकस्मिक बैठक बसेर उनलाई निलम्बन गरे पश्चात् उपाध्यक्ष राम तामाङ कार्यवाहक अध्यक्ष रहेका थिए। तामाङको पनि प्रवासमा करार अवधि सकिएको भन्दै महासंघले अधिवेशनको समय अगावै बन्दसत्र गरेको हो।

    अधिवेशनले पुरानो कार्य समितिलाई भङ्ग गरि नया १३ सदस्यीय रहने गरि कार्यसमिति चयन गरेको छ।जसमा अध्यक्षमा रविन राई( किरात राई यायोख्खा), बरिस्ठ उपाध्यक्ष तेन्जि शेर्पा( शेर्पा किदुङ), महिला उपाध्यक्षमा याङ्डु शेर्पा ( शेर्पा किदुङ), उपाध्यक्ष खेम थापा मगर ( नेपाल मगर संघ मलेसिया ) , महासचिव सविन लोप्चन तामाङ( तामाङ समाज) सचिवमा याम फ्याक लिम्बू ( किरात याक्थुम चुम्लुङ ) अर्पण मगर "बुद्ध " ( नेपाल अादिवासी जनजाती पत्रकार महासंघ मलेसिया )र कोषाध्यक्षमा सन्तोष योञ्जन तामाङ रहेका छन्।
    त्यस्तै सदस्यहरूमा सुवास गुरुङ, दुर्गा लिम्बू ,पेम्बा मिली शेर्पा ,वीर बहादुर सारु मगर र ईश्वर राई रहेका छन्।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…