• बाहुनडाँगी माघ १३।
    लमजुङ जेसिजको नवौ पदस्थापन कार्यक्रमसदरमुकाम बेशीसहरमा सम्पन्न भएको छ । लमजुङ जेसीज बर्ष २०१८ का अध्यक्ष जेसी अनुज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति लमजुङका प्रमुख लोकराज पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो ।
    पदस्थापन कार्यक्रमलाई सम्बोधन प्रमुख अतिथि पाण्डेले युवा हरु दिनानुदिन विभिन्न विकृति विसङगतिहरुमा लागिरहेको बेला मुलुकमा विभिन्न हिंसाहरु भई रहेका बेला राजनितिक व्यक्तिहरुले समयमा नै सोच्न सकेन भने दुईतिहाईको सरकार फेल खान सक्ने बताउनुभयो ।
    समाज परिवर्तनको मुख्य आधार युवा रहेको ले युवालेनै परिवर्तन ल्याउन सकेन भने जतिसुकै भाषाण गरेतापनि मुलुक समृद्ध हुन नसक्ने बताउनुभयो । उहाले जेसिजले युवाहरुको क्षमता विकाश र नेत्तृत्व गरिरहेकाले समाजमा निकै महत्वपूर्ण भुमिका खेलेको बताउदैे युवा शक्ति, साँेच र उर्जालाई शसक्तिकरण गरेर रुपान्तरण गर्ने समेत कार्यक्रममा बताउनुभएको थियो ।लमजुङ जेसीज वर्ष २०१७ का अध्यक्ष लालुमाया गुरुङले स्वागत गर्नुभएको कार्यक्रममा कार्यकारीणी उपाध्यक्ष रहमतदिन मियाँले आस्था पाठ र उपाध्यक्ष देवेन्द« गुरुङले जेसीजको मीसन र भीजन बाचन गर्नुभएको थियो । मातृशाखा ब्यासनगर जेसिजका अध्यक्ष,लमजुङ जेसिजका संस्थापक एवं पुर्व अध्यक्षहरुले बर्ष २०१८ का अध्यक्ष अनुज अधिकारीको गलामा रहेको चेन झिकेर बर्ष २०१९ का अध्यक्ष पायल शर्माकोे गलामा लगाईदिएर पद हस्तान्तरण गरीएको थियो ।
    चेन हस्तान्तरण पश्चात बर्ष २०१८ का अध्यक्ष अनुज अधिकारीले बर्ष २०१९ का अध्यक्ष पायल शर्मालाई पद तथा गोपनीयताको सफत गराउनुभएको थियो । अध्यक्षले पदभार ग्रहण गरीसकेपछि आफ्ना बोर्ड अन्य पदाधिकारीहरुलाई सफत ग्रहण गराउनुभएको थियो । बर्ष २०१९ का अध्यक्ष पायल शर्माले पदभार ग्रहण पश्चात आफ्नो स्वीकारोक्ती मन्तब्य राख्नुभएको थियो । स्वीकारोक्ती मन्तब्य राख्दै अध्यक्ष शर्माले आँफुले बर्ष भरी गर्ने कार्यक्रमको कार्यपत्र प्रस्तुत गर्दै यो बर्ष २०१९ लाई उत्कृष्ट बर्ष बनाउने उद्घोष गर्नुभयो ।कार्यक्रममा लमजुङ जेसिजका लागी निरुपित नेपाल जेसिजका राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष रमेश चन्द« भुसाल ,उपाध्यक्ष गोकुल सापकोटा, बेशीसहर नगरपालिका उपप्रमुख प्रमुख लक्ष्मी अधिकारी, मस्याङदी गाउँपालिका का उपाध्यक्ष होम बहादुर विक, नेपाली काङग्रेसका जिल्ला सभापति भेष बहादुर पौडेल, प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल, मातृशाखा व्यासनगर जेसिजका अध्यक्ष रमेश गिरी ,शुक्लागण्डकी जेसिजका अध्यक्ष मनिश श्रेष्ठ पोखरा लेडी जेसिजका अध्यक्ष सपना गिरी, लगायत,मिस्टर एण्ड मिस लमजुङ २०१८ का बिजेता अस्मिता तामाङ लगायतले ले शुभकामना मन्तव्य राख्नुभएको थियो । पदस्थापन अगाडिको कार्यक्रम बर्ष १०१८ का महासचिब विकाश श्रेष्ठ ले र पदस्थापन पछाडिको कार्यक्रम बर्ष १९ का महासचिब दिपेश अधिकारीले गर्नुभएको थियो भने धन्याबाद ज्ञापन लमजुङ जेसिजका पूर्वअध्यक्ष राजु अर्यालले गर्नुभएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…