• काठमाडौँ, १३ माघ

    नेपाल विद्यार्थी सङ्घले आन्दोलनका क्रममा थुनिएका विद्यार्थी रिहा गर्न माग गरेको छ ।

    नेविसङ्घका अध्यक्ष नैनसिंह महरले आज विज्ञप्ति जारी गरी चिकित्सा शिक्षा विधेयक संसद्ले पारित गरेको विरोधमा आन्दोलनका क्रममा थुनामा पु¥याइएका विद्यार्थीलाई विनाशर्त रिहा गर्न माग गर्नुभएको हो । आज दिउँसो माइतीघरबाट आन्दोलनका क्रममा नेविसङ्घका एक दर्जन नेतालाई प्रहरीले नियन्त्रणमा लिएर महानगरीय प्रहरीवृत्त बानेश्वर पु¥याएको थियो । “थुनामा राखिएका विद्यार्थी नेतालाई चार घण्टाभित्र रिहाइ नगरे हामी देशव्यापी आन्दोलनमा जान्छौँ”, अध्यक्ष महरले भन्नुभयो ।

    यस्तै आन्दोलनका क्रममा प्रहरीको लाठी चार्जबाट नेविसङ्घका महामन्त्री कपलेश्वर यादव, केन्द्रीय सदस्य कल्पना खड्का, चन्द्र विकलगायत विद्यार्थी घाइते हुनुभएको नेविसङ्घले जनाएको छ । घाइते केन्द्रीय सदस्य खड्काले सरकारले चिकित्सा शिक्षा विधेयक फिर्ता नलिएसम्म र काङ्ग्रेसका दुई पूर्वसभापति एवं पूर्वप्रधानमन्त्रीका नाममा स्थापना भएको अस्पताललाई संघमार्फत नराखेसम्म आन्दोलन जारी राख्ने बताउनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…