• इटहरी । ट्रिपरको ठक्करबाट बालिकाको मृत्यु भएपछि मोरङको बिराटचौकमा रणभुमी जस्तै भएको छ । ११ बर्षिय बालिका लक्ष्मी ढकालको आफ्नै घर अगाडी ना ३३ प ३३५५ नम्बरको ट्रिपरले ठक्कर दिदा घट्नास्थलमै मुत्यु भए सँगै स्थानीयले १० वटा ट्रिपरमा आगजनी गरीसकेका छन । घटनापछि स्थानीयले पूर्व पश्चिम राजमार्ग बन्द गराएका छन ।
    सामान्य घाईते भएको बालिकालाई ड्राईभरले ब्याक गरेर मारेको भन्दै स्थानीयहरुले सडकमै शव राखेर प्रर्दशन जारी राखेका छन ।

    जिल्ला प्रशासन कार्यालय मोरङले विराटचौक क्षेत्रमा निषेधाज्ञा जारी गरेको मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताए । तर स्थानीयले भने प्रर्दशन रोकेका छैनन् । उल्टै पूर्व पश्चिम राजमार्ग बन्द गराएको हुन । पूर्व जाने सबारी साधन गछियामा अड्किएका छन् ।

    अत्याधिक चाप हुने समयमा सडकमा ट्रिपर सञ्चालनमा रोक लगाउने भनिए पनि ट्राफिक प्रहरीले नियमन नगर्दा मोरङमा कल्पना नगरेको घट्ना हुन पुग्यो । बिहान साडे ९ बजेदेखि साढे १० साडे बजेसम्म डेढ घण्टा र अपरान्ह साढे ३ बजेदेखि साँढे ४ बजेसम्म एक घण्टा ट्रिपर सञ्चालन गर्न नपाइने निर्णय ट्राफिक प्रहरीले गर्यो तर, त्यसको प्रभावकारी कार्यान्वयन गराउन भने ट्राफिक प्रहरी असफल देखिएको छ ।

    तिब्र गतीमा कुदाएकै कारण बालिकाको ज्यान गएको स्थानीयको आरोप छ ।

    सोमबार अकल्पनीय घट्नाले धनजनको क्षती मात्र भएन अपराध माथि महाअपराध थपियो । विद्यालयका बसहरु संचालन हुने तथा सडकमा अत्याधिक सवारी चाप समयमा ट्रिपरको हुँइकाई रोकिएको छैन ।

    अपरान्ह चल्न नदिने भनिएको समयमा पनि ट्रिपर सञ्चालन रोकिएको छैन । यही नरोकिएकै कारण एक पछि अर्को घट्ना हुन पुग्यो विराटचौकमा । सडकमा अत्याधिक गतिमा कुद्ने ट्रिपरको गति नियन्त्रण गर्ने सकिएको छैन ।

    ट्रिपर आतंकले यात्रुहरु त्रास पूर्ण अवस्थामा छन । कति वटा ट्रिपरमा आगलागी भयो भने ट्रापिक प्रहरी सँग तथ्याक समेत छैन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…