• विराटचोकः मोरङको सुन्दरहरैंचाका स्थानीयले ट्रिफरको ज्यादती बढेको र मानिस मर्ने क्रम नरोकिएको भन्दै आज ६ वटा ट्रिफरमा आगो लगाएका छन् ।

    विराटचोक–विराटनगर सडक खण्डमा विराटचोकभन्दा २ किलोमिटर तल पुलचोकमा आज बिहान ट्रिफरले ठक्कर दिँदा स्थानीय ११ वर्षीया लक्ष्मी ढकालको मृत्यु भएको थियो । ढकालको मृत्युपछि आक्रोशित स्थानीयले ठक्कर दिने ट्रिफरसहित हालसम्म ६ वटा ट्रिफरमा आगो लगाइसकेका छन् ।

    आगो नियन्त्रण गर्न गएका दमकललाई पनि स्थानीयले अवरोध गर्नाले आगो नियन्त्रणमा आउन नसकेको स्थानीयले बताए ।

    घटनास्थलमा प्रहरी परिचालन भए पनि आक्रोशित हजारौं स्थानीयका अगाडि प्रहरी निरीह भएको स्थानीयले बताए । सो सडकमा ट्रिफरले धेरै जनाको ज्यान लिएको हुनाले ट्रिफर सञ्चालनमा रोक लगाउन स्थानीयले बारम्बार अनुरोध गर्दै आएका छन् । घटनाको बारेमा थप जानकारी आउन बाँकी छ ।

    प्रदेश पोर्टलबाट

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…