• नुवाकोट, १४ माघ  : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वरिष्ठ नेता माधवकुमार नेपालले देशमा अहिले जिम्मेवार प्रतिपक्षको खाँचो भएको बताउनुभएको छ ।

    खरानीटारमा भरतप्रसाद लामिछाने स्मृति प्रतिष्ठानको सातौँ वार्षिकोत्सव कार्यक्रममा आज उहाँले नेपाली काङ्ग्रेसलाई जिम्मेवार प्रतिपक्ष बन्न आग्रह गर्नुभएको हो । देशलाई समृद्धिमा लैजाने जिम्मेवारी वर्तमान सरकारको काँधमा रहेको उल्लेख गर्दै उहाँले प्रतिपक्षको भूमिका हिंसात्मक आन्दोलनको नभई रचानात्मक भूमिकाको खाँचो रहेको बताउनुभयो ।

    उहाँले नेपालले ठूला पार्टी एकीकरण हुँदा सानातिना अल्झनहरु आउने बताउँदै यसलाई मिलाएर लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय तहमा पनि छिट्टै नेकपाले पूर्णता पाउने बताउनुभयो । चिकित्सा शिक्षा विधेयकमाथि टिप्पणी गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका उहाँले डा गोविन्द केसीले राखेका सबै माग पूरा भएको जिकिर गर्नुभयो । उहाँले केही माग छुट भएको भए सम्बोधन गर्न सरकार तयार रहेको समेत जानकारी गराउनुभयो ।

    कार्यक्रममा सांसद हितबहादुर तामाङ र नारायणप्रसाद खतिवडा, प्रदेश नं ३ की उपसभामुख राधिका तामाङ, विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डित लगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो । कार्यक्रममा २० ज्येष्ठ नागरिकलाई नगदसहित सम्मान गरिएको थियो । यस्तै सोही कार्यक्रममा तादी भ्यू एकेडेमीलाई कम्प्युटर प्रदान गरिएको थियोे ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…