• मेचीनगर । बलभद्र आधारभूत विद्यालय मेचीनगर ३ को आयोजनामा आइतवारबाट सुरु भएको प्रथम बलभद्र कप अन्तरगत सोमवार एकै दिन पाँच वटा खेल सम्पन्न भएका छन् ।
    विद्यालयको खेल मैदानमा भएको मेचीनगर स्तरीय अन्तर आधारभूत विद्यालय फुटबल प्रतियोगिता अन्तरगत भानु मावि मेचीनगर २, होलिबेल अंग्रेजी स्कुल मेचीनगर ९, धुलावारी मावि, दोकानडाँडा बोडिङ स्कुल मेचीनगर ३ र जन ज्योति आधारभूत विजय भएका छन् ।
    भानुले सरस्वती बालकल्याण मावि धाइजनलाई सडनडेथमा ५ ÷४ को गोल अन्तरले पराजित गरेको थियो । निर्धारित समयमा २÷२ गोलको बराबरी भएपछि खेललाई सोझै टाइब्रेकरमा लगिएको थियो । खेलको म्यान अफ द म्याच सरस्वती बालकल्याणका सुभाष घिमिरे भए ।
    यसैगरी दोस्रो खेलमा होलिबेलले विद्या विकास एकाडेमीलाई ४÷० को फराकिलो गोल अन्तरले हराएको थियो । होलिबेलका तर्फबाट पासाङ तामाङ २, रोजल तामाङ र युनिष उप्रेतीले १÷१ गोल गरेका थिए । खेलको म्यान आफ द म्याच होलिबेलका पासाङ तामाङ भए ।
    तेस्रो खेलमा धुलावारीले जनता मावि तेलपानीलाई १÷० को गोल अन्तरले हराएको छ । खेलमा सनम राईको गोल नै निर्णायक बन्यो । खेलको म्यान अफ द म्याच धुलावारीका युवराज खवास घोषित भएका आयोजक समितिका सदस्य किरण राईले बताए ।
    दोकानडाँडाले लोफोफोरसलाई २÷१ गोल अन्तरले पराजित गरेको थियो । दोकानडाँडाका प्रज्वल माझी र दिवस राईले १÷१ गोल गरेका थिए । लोफोरसका तर्फबाट संयोग गुरुङले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच दोकानडाँडाका प्रज्वल माझी भए ।
    मंगलवारको खेल बालकल्याण मावि र पवित्र मावि, हिमालय इङ्लिस एकाडेमी र थेसीस अंग्रेजी स्कुल, बलभद्र जनता मावि र पशुपति मावि, नर्थ प्वाइन्ट र इष्ट होराइजन तथा अन्तिम खेल ज्यामिरगढी मावि र सरस्वती माविबिच हुने आयोजक समितिका सदस्य हेमन्त बस्नेतले बताए ।
    मेचीनगरका ४० वटा विद्यालयहरुको सहभागिता रहेको प्रतियोगिताको विजेता टिमले नगद २५ हजार प्राप्त गर्नेछन् । फाइनल खेल २५ गते हुनेछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…